FLASH NEWS
  • Loading...

जेठ महिनामा चलचित्रको लर्को

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail

काठमाडौं– स्थानीय निर्वाचन, बलिउडको बहुप्रतिक्षित चलचित्र ‘बाहुबली’को प्रभाव लगायतका बिभिन्न कारणले गत बैशाख महिनामा नेपाली चलचित्र प्रदर्शनमा नआएपछि जेठ महिनामा रिलिजको लागि चलचित्रहरुको लर्को लागेको छ ।
जेठको पहिलो साता देखि अन्तिम साता ताती नै लाग्ने भएको छ । जेठको पहिलो साता शुक्रबार अर्थात ५ जेठमा छुल्ठिम गुरुङको ‘डायरी’ प्रदर्शनमा आउँदैछ । सेन्सरबोर्डबाट पिजी अर्थात् १६ बर्ष भन्दा मुनिका बालबालिकाले हेर्न नमिल्ने प्रमाण पत्र पाएको अनिल योञ्जन निर्दे्शित ‘डायरी’ रेखा थापा, छुल्ठिन लगायतको अभिनय रहेको छ ।
त्यस्तै जेठको दोस्रो साता अर्थात १२ गते एकसाथ दुई चलचित्र ‘पर्व’ र ‘हिटलर’ प्रदर्शनमा आउँदैछ । दिनेश राउतले निर्देशन गरेको ‘पर्व’ निकिता पौडेल र सुबाश गिरीले मिलेर बनाएका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, कोशिश क्षेत्रि, माला लिम्बु, जेस्सिका कार्की, केशव भट्टराई, प्रिया रिजाल आदि कलाकारहरुको अभिनय रहेको छ । ‘हिटलर’ सोहित मानन्धर र नव नायिका सामिया बर्तौलाको रोमान्स रहेको चलचित्र हो । सौरभ ढकालले निर्देशन गरेको चलचित्र हो ।
जेठ १९ मा पनि चलचित्र ‘जालो’ र ‘रातो घर’प्रदर्शनमा आउँदैछ । अराज केशव गिरी निर्दे्शित जालो गिनिज बुकमा विश्वकै लामो वान टेक मुभीको रेकर्ड बनाउने उद्देश्यले निर्माण गरिएको हो । चलचित्रमा निर शाह र मेनुका प्रधानसँगै अनुपविक्रम शाही, रेमन्डदास श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।
सुरज सुब्बा ‘नाल्बो’ निर्दे्शित चलचित्र ‘रातो घर’ विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, जिेतन तामाङ लगायतका कलाकारको अभिनय रहेको चलचित्र हो । चलचित्रका निर्माता विल्सन विक्रम राई हुन् ।
अन्तिम साता २६ जेठमा पनि दुई चलचित्र लाग्दैछन् । ‘आधा लभ’ र ‘मेरी कुसुम’ । ‘आधा लभ’ अभिनेत्री ऋचा शर्माले निर्माण गरेको चलचित्र हो । वृद्धवृद्धाबीचको प्रेमकथा र युवा प्रेमलाई देखाउन खोजिएको चलचित्रमा मिथिला शर्मा, टीका पहारी, ऋचा शर्मा, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपीन मिकी गुरुङलगायतको अभिनय रहेको छ ।
‘मेरी कुसुम’ नवनायक मोहन बोगटी, खलनायक राजकुमार थापा तथा नायिका हर्षिका श्रेष्ठ र नवनायिका सुदिप्ता अधिकारीको मुख्य भूमिका रहेको चलचित्र हो । सुनिता शर्मा बोगटीको निर्माण तथा रविन्द्र कुवरको सह–निर्माणमा बनेको चलचित्र ‘मेरी कुसुम’ लाई एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित