FLASH NEWS
  • Loading...

रोटरी जर्नाे अवार्ड’ छजना पत्रकारलाई

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ६ जेठ । ‘रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट–३२९२’ ले छ वर्षदेखि प्रदान गर्दै आएको विभिन्न विधाका छ पत्रकारलाई यस वर्षका ‘रोटरी जर्नाे अवार्ड २०१७’ प्रदान गर्ने निर्णय गर्ने भएको छ ।

छनोट भएका पत्रकारमा रोश्ना सुब्बा (शिक्षा), पदमराज जोशी (स्वास्थ्य), सरोज कोइराला (वातावरण), सुजित महत (आर्थिक), प्रतिमा सिलवाल (महिला) र भूषण यादव (मूलधार माध्यम) हुनुहुन्छ । पुरस्कारको राशि रु जनही रु पच्चिस हजार छ ।

पत्रकारिताका विज्ञ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवम् अन्य सञ्चार संस्थाका प्रतिनिधि सम्मिलित छनोट समितिको बैठकले उहाँहरुलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । विभिन्न विधागत पत्रकारिताका संस्था शिक्षा पत्रकार समूह, नेपाल स्वास्थ्य पत्रकार समूह, नेपाल वातावरण पत्रकार समूह, नेपाल आर्थिक पत्रकार समाज र सञ्चारिका समूहले प्रत्येक विधाका लागि सिफारिस गरेका तीन तीन पत्रकारमध्येबाट उहाँहरु छानिनुभएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित