FLASH NEWS
  • Loading...

निर्वाचनको वातावरण माग

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail


काठमाडौं– निर्वाचनमा भाग लिने वातावरण बनाउन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले माग गरेको छ । शनिवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजपाका नेता महेन्द्रराय यादवले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारसँग माग गरेका हुन् ।
उनले कार्यक्रममा आफ्नो पार्टीलाई बाहिरै राखेर दोस्रो चरणको निर्वाचन भए मुलुकमा अनिष्ट हुने र त्यसको जिम्मेवारी सरकार, सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेले लिनुपर्ने चेतावनी दिएकाछन् । उनले तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्र आफ्नो पार्टीलाई निर्वाचनमा सहभागी नगराउन लागि परेको आरोपसमेत लगाए ।
नेता यादवले पहिलो चरणको निर्वाचनपछि संविधान संशोधन गर्ने, जनसंख्याको आधारमा स्थानीय तहको संख्या थप गर्नेलगायत ४ बुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई पनि दबाब दिए ।
उनले तीन ठूला दलले सत्ताको मोहमा मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप पनि लगाए । नेता यादवले आफूहरु निर्वाचन विरोधी नभएको दावी पनि गरे । नेता यादवले सत्तापक्ष आफैले मारकाट गरेर, मतदातालाई किनेर, डण्डा बर्साएर जसरी पनि निर्वाचन जित्ने नीति लिएको उल्लेख गर्दै आपत्ति पनि जनाए । उनले राष्ट्रिय एकताको नाममा मुलुकलाई बिखण्डन गराउने काममा एमाले लागि परेको आरोप पनि लगाए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित