FLASH NEWS
  • Loading...

प्रधानमन्त्री कृषि परियोजनाप्रति आकर्षण बढ्यो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५३ पटक पढिएको
Post Thumbnail


सप्तरी– जिल्लामा प्रधानमन्त्री कृषि परियोजनाप्रति आकर्षण बढ्दै गएको छ ।
कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यले सप्तरीमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रमप्रति किसानको आकर्षण बढदै गएको हो ।
०७३ सालबाट जिल्लामा सुरु भएको सो परियोजनाअन्तर्गत हालसम्म २१० भन्दा बढी फाइल तयार भइसकेको र यसका लागि समिति बनाउने कार्य अन्तिम चरणमा पुगेको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
विशेषगरी प्रमुख कृषि उपजहरुको विशिष्टीकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरुको मूल्य अभिवृद्धिगर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, कृषिलाई सम्मानजनक नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसरहरु सिर्जना गर्ने र बहुसरोकारवाला निकायहरुबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने लक्ष्य परियोजनाको छ ।
परियोजनाअन्तर्गत सप्तरीमा किसानलाई लक्षित गरी अभिमुखीकरण गोष्ठी, सूचीकृत कार्यक्रम, सूचनाप्रवाह तथा फिल्ड अनुगमन कार्य भइरहेका छन् । कृषि विकास कार्यालय सप्तरीका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत भगिरथ यादवकाअनुसार उक्त परियोजनाका लागि दुई करोड ५० लाख बजेट विनियोजन भएको छ ।
जसअन्तर्गत बल्क पोकेटक्षेत्र निर्धारण गरी व्यावसायिक कृषि क्षेत्रको विकासमा जोड दिएको छ ।
बल्क कार्यक्रमअन्तर्गत धान र तरकारी खेतीलाई छनोट गरिएको र सो कार्यक्रम सप्तरीको फत्तेपुर, औदरहा, कञ्चनपुर तथा तरकारीका लागि इटहरी विष्णपुर र कोबखारीलाई छनोट गरिएको बताइएको छ ।
त्यस्तै पोकेट कार्यक्रमका लागि ५५ वटा कार्यक्रम निर्धारण गरिएको छ । जसअन्तर्गत धान, माछा, च्याउलगायत विभिन्न कृषिबाली उत्पादन गरिने छ । पकेट कार्यक्रम सञ्चालनका लागि नौ सदस्यीय कार्यसमिति समेत गठन गरिएको छ ।
समितिलाई बीउविजन, मलखाद, विषादी, बेर्ना, साना सि“चाइ कार्यक्रम, मेसिनरी औजार र थप रकम अनुदान दिनका लागि सिफारिस गर्ने जिम्मेवारी तोकिएको छ ।
त्यस्तै आँप उत्पादनका लागि परियोजनाअन्तर्गत आँप उत्पादन जोन कार्यक्रम सुरु गरिएको छ । सप्तरीको कदमहामा सो जोन एकाइ कार्यक्रम सञ्चालन गरिएको छ । यसका लागि कार्यालयसमेत स्थापना भइसकेको र सो कार्यालयले आ“प उत्पादनका लागि मधुपटी, मलहनीया, हरिपुरगरी तीन गाविसलाई छनोट गरिएको कृषि विकास कार्यालय सप्तरीले जनाएको छ ।
यो परियोजना देशको सातवटै प्रदेशमा सुरु भइसकेको छ । सुरुमा परियोजनाका बारेमा बुझ्नका लागि किसानलाई समस्या परेको थियो तर अहिले आएर परियोजनाका सम्बन्धमा जानकारी प्राप्त भएपछि यसप्रति किसानको आकर्षण बढदै गएको वरिष्ठ कृषि विकास अधिकृत यादवले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित