FLASH NEWS
  • Loading...

गोरखाका शीर्ष नेताले आफ्नै गाउँमा पार्टीलाई जिताउन सकेनन्

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail

गोरखा, ८ जेठ । भनिन्छ, जग बलियो भए मात्रै घर बलियो हुन्छ । गत वैशाख ३१ मा भएको स्थानीय तहको निर्वाचनलाई हेर्दा गोरखाका वडामा पार्टी पराजित भए पनि नेताहरुले भने नगरपालिका र गाउँपालिकामा जित हासिल गरेका छन् । केन्द्र, जिल्ला हाँक्दै आएका नेताहरुले आफ्नो गृह वडामा पार्टीका उम्मेदवारलाई जिताउन सकेका छैनन् ।

नेपाली काँग्रेसका जिल्ला सभापति हरिबहादुर घलेको गाउँ बारपाकका दुवै वडामा काँग्रेसले वडाध्यक्ष जित्न सकेन । नेकपा (माओवादी केन्द्र)ले वडाध्यक्ष जित्यो । नेकपा (एमाले)का जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङले आफ्नो गाउँ सिरानचोक–७ श्रीनाथकोटमा पार्टीलाई जिताउन सकेनन् । नेपाली काँग्रेसले वडाध्यक्ष जित्यो । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखबहादुर थापाले आफ्नो गाउँ ताप्लेका दुवै वडामा पार्टीलाई जिताउनबाट चुके । वडाध्यक्षसहित सदस्य पदमा काँग्रेसले जित्यो ।

पार्टी नेतृत्वले मात्रै होइन, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख उम्मेदवारले नै आफ्नो वडामा पार्टीलाई विजयी बनाउन सकेनन् । गोनपाको प्रमुख पदमा निर्वाचित नेपाली काँग्रेसका राजनराज पन्त गोनपा–७ आफ्नै गृह वडामा पार्टीलाई जिताउनबाट चुके । माओवादीले वडाध्यक्ष जित्यो । पालुङटार नगरप्रमुखमा विजयी काँग्रेसका दीपकबाबु कँडेलले आफ्नो वडा पानपा–७ मा पार्टीलाई जिताउन सकेनन्, एमालेले वडाध्यक्ष जित्यो ।

जग बलियो रहे पनि नपा र गापामा विजयी नभएका उदाहरण पनि रहे । एमालेका केन्द्रीय सदस्य रामशरण बस्नेत, उपाध्यक्ष यादव बस्नेत, गोनपा उपप्रमुख उम्मेदवार बनेकी सम्झना देवकोटाको गृह वडा गोनपा–३ मा एमालेले वडाध्यक्ष जिते पनि सो पार्टीले नपाका प्रमुख, उपप्रमुख पद जितेको छैन । उपप्रमुखमा देवकोटा निकटतम प्रतिद्वन्द्वीसम्म पुगिन् । काँग्रेस नगर सभापति चन्दनबाबु खत्रीले आफ्नो गृह वडा गोनपा–८ मा पार्टीलाई जिताए र नगरप्रमुख, उपप्रमुख पदमा विजयी बनाउन भूमिका निर्वाह गरे ।

रोचक के छ भने, पालुङटारमा दुई वडा जितेर पनि काँग्रेसका कँडेल प्रमुख बने । कँडेल इन्जिनियर र स्पष्ट वक्ता भएकाले पनि मतदाताले उनलाई भोट दिएको बताइन्छ । यस्तै आफ्नो गृह नगर पालुङटारमा नयाँ शक्तिले १, ४ र ५ वडा जिते पनि नपामा प्रमुख, उपप्रमुख जिताउन पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चुके । काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीलाई आफ्नो वडाबाट विजयी बनाउन सकेनन्, नयाँ शक्तिले वडाध्यक्षसहित पदमा बाजी मा¥यो । काँग्रेस केन्द्रीय सदस्य कमला पन्तले आफ्नो मतदाता नामावली रहेको अजिरकोट–१ घ्याच्चोकमा पार्टीलाई जिताउन सकिनन् ।

माओवादी केन्द्रले वडाध्यक्ष जित्यो । काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङले आफ्नो वडा मुच्चोकमा पार्टीलाई जिताउनबाट चुके, माओवादीले वडाध्यक्ष जित्यो । काँग्रेस क्षेत्र नं १ का सभापति धिरन थापा र पूर्वकोषाध्यक्ष भूगोल थापाले गोनपा–३ मा पार्टीलाई जिताउनबाट चुके । काँग्रेस क्षेत्र नं ३ का सभापति इन्द्र गुरुङ आफैँ सुलिकोट गाउँपालिका प्रमुख पदमा पराजित भए । एमालेका जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ सिरानचोक गाउँपालिकाको प्रमुख पदमा पराजित हुनुप¥यो । सुलिकोट गाउँपालिकाको प्रमुख पदमा विजयी माओवादीका उपाध्यक्ष विष्णु भट्ट आफ्नो वडा सुलिकोट–३ ताकुमाझ लाकुरीबोटबाट पार्टीलाई जिताउन सकेनन् । काँग्रेसले वडाध्यक्षसहित पद जित्यो । चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा विजयी काँग्रेसका धनबहादुर गुरुङले सिर्दिवासमा पार्टीलाई जिताउन सकेनन्, माओवादीले वडाध्यक्ष जित्यो । माओवादीका केन्द्रीय सदस्य दीपक तिमिल्सिना आफैँ गण्डकी गाउँपालिकाको प्रमुख पदमा पराजित भए । काँग्रेसका होमबहादुर राना र ललिता अधिकारीले क्रमशः प्रमुख, उपप्रमुख जिते । नयाँ शक्ति पार्टीका नेता कुमार तिवारी पनि गण्डकीको प्रमुख पदमा पराजित भए ।

काँग्रेस जिल्ला कोषाध्यक्ष कृष्णबहादुर आले सहिद लखन गाउँपालिकामा पराजित भए । हालै शिक्षण पेसा छाडेका माओवादीका रमेश थापा र इन्दिरा तिवारीले क्रमशः प्रमुख र उपप्रमुख पदमा जिते । माओवादी ‘जनयुद्ध’ मा सामेल रहेका, जिल्ला सेक्रेटरी, सहिद परिवारका सदस्य लोकप्रसाद बञ्जरा भीमसेन गाउँपालिका प्रमुखमा पराजित भए । काँग्रेसका ईश्वर पाण्डे र बिनु वाग्ले क्रमशः प्रमुख, उपप्रमुखमा विजयी बने । आरुघाट गाउँपालिका प्रमुख जितेका काँग्रेस जिल्ला सचिव पूर्णबहादुर दाहालले आफ्नो वडामा पार्टीलाई जिताउन सकेनन् ।

एमालेले वडाध्यक्ष जित्यो । एमाले सचिव कृष्णबहादुर नेपालीले आफ्नो वडामा पार्टीलाई जिताउन सके पनि प्रमुख, उपप्रमुखमा एमाले विजयी हुन सकेन । काँग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले मान्बुका दुवै वडा र आरुघाट गापाको प्रमुख, उपप्रमुख पदमा काँग्रेसलाई जिताउन भूमिका निर्वाह गरे । माओवादी इन्चार्ज चूडामणि खड्काले आफ्नो वडा पानपा–१० मा पार्टीलाई जिताउन सफल बने पनि पानपा प्रमुखमा पार्टीलाई जिताउनबाट चुके । माओवादी केन्द्रकी पम्फा बसेल उपप्रमुख बनिन् । काँग्रेसका महासमिति सदस्य मोहनप्रकाश पोखरेलले पार्टीलाई वडामा जिताउन मात्रै भूमिका खेलेनन्, आफैँ सदस्य निर्वाचित बने । गाउँपालिका प्रमुखमा राजु गुरुङ र उपप्रमुखमा रीता देवकोटालाई निर्वाचित गराउन उनको पनि भूमिका छ ।

काँग्रेसका सचेतक तथा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले आफ्नै वडा आरुचनौटेमा पार्टीलाई जिताउन सकेनन् । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य दीपक देवकोटा अजिरकोट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पुराना नेता फणिन्द्र धितालसँग पराजित भए । उपप्रमुखमा पनि काँग्रेसकी चन्द्रमाया गुरुङले जितिन् । काँग्रेस महासमिति सदस्य प्रकाशचन्द्र दवाडी आफ्नो वडा सिम्जुङमा पार्टीलाई जिताउन सफल बने भने गापा प्रमुख, उपप्रमुखमा पनि काँग्रेसले नै जित्यो । काँग्रेस महासमिति सदस्य राजेन्द्र बजगाईंले मसेलमा पार्टीलाई जिताउन सफल भए । गाउँपालिका प्रमुख, उपप्रमुखमा पनि काँग्रेसले नै जित्यो ।

काँग्रेस महाधिवेशन प्रतिनिधि प्रेम खत्रीले आफ्नो वडा आरुपोखरीमा पार्टीलाई जिताउन सफल भए । काँग्रेस महासमिति सदस्य अब्दुल सतारले आफ्नो वडा हर्मीमा पार्टीलाई जिताउन सफल रहे । अर्का महासमिति सदस्य वेदप्रकाश काप्रीले आफ्नो वडा मुच्चोकबाट पार्टीलाई जिताउनबाट चुके । माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो वडा जौवारीमा पार्टीलाई जिताए पनि गापा प्रमुख र उपप्रमुखमा पराजय बेहोर्नुप¥यो ।

नेपाल महिला सङ्घकी अध्यक्ष मनकुमारी गुरुङले पार्टीलाई सिरानचोक–६ गाँखुमा जिताउन सहयोगी भूमिका निर्वाह गरिन् । पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आफ्नो गृह वडा पानपा–६ मा पार्टीलाई जिताउन सफल बने पनि पानपा प्रमुखमा पार्टीलाई जिताउन सकेनन् । माओवादी केन्द्रका नेता परशुराम रम्तेलले गोनपा–६ फिनाममा पार्टीलाई जिताउन सकेनन् र काँग्रेसले वडाध्यक्ष जित्यो ।

नयाँ शक्ति पार्टीका जिल्ला संयोजक रमेश पोखरेल आफ्नो वडा सिरानचोक–५ छोप्राकमा पार्टीलाई जिताउन सफल रहे । तर गापा प्रमुख र उपप्रमुखमा पराजित हुनुप¥यो । पूर्वसभासद् तथा नयाँ शक्तिका नेता ज्ञानेन्द्र कुमाल गोनपाको प्रमुख पदमा पराजित भए । यस्तै नयाँ शक्तिका केन्द्रीय परिषद् सस्दस्य लक्ष्मण गुरुङ एमालेसँग तालमेल गर्दा पनि धार्चे गाउँपालिकाको प्रमुख पदमा पराजित भए ।
काँग्रेसको पुनरागमन

कम्युनिस्टहरुको गढ मानिएको पालुङटारमा काँग्रेसका दीपकबाबु कँडेलले नगरप्रमुख पदमा विजय हासिल गरे । दश वडामध्ये आठ वडा अन्य पार्टीले जिते पनि कँडेल प्रमुख निर्वाचित भए । विसं २०३६ पछि पहिलो पटक पालुङटारमा काँग्रेसले विजय ¥यालीसहित जुलुस निकालेको हो । माओवादीबाट डा बाबुराम भट्टराई बहिर्गमन भएपछि बनेको नयाँ शक्तिले पालुङटारमा माओवादीलाई ‘आत्थुआत्थु बनाउँदा’ काँग्रेसलाई फाइदा पुगेको हो भन्नेहरु पनि छन् । विसं २०५६ मा तीन वटै निर्वाचन क्षेत्रमा विजयी बनेको काँग्रेसले त्यसपछि गोरखामा विजयसभा तथा ¥याली निकाल्न सकेको थिएन । द्वन्द्व अवधिभर र माओवादी शान्ति प्रक्रियामा आएपछि पनि काँग्रेसले ‘टाउको उठाउन’ पाएको थिएन । विसं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा माओवादीले तीनवटै निर्वाचन क्षेत्रमा भारी मतान्तरले काँग्रेसलाई पछारेको थियो । अहिले पनि गोरखामा माओवादीको सङ्गठन बिग्रिएको छैन । नयाँ शक्ति गठन र पार्टीमा ‘टिकटको रडाको’ साम्य हुन नसक्दा अधिकांश ठाउँमा माओवादी नेताहरु निष्क्रिय भएर बसे जसले गर्दा निर्वाचनमा नराम्रो हार बेहोर्नुप¥यो ।

काँग्रेस, एमालेबाट टिकट नपाएका नेताहरु माओवादीको तुलनामा निर्वाचनका गतिविधिमा सामेल भएको देखिन्थ्यो । अधिकांश स्थानीय तह काँग्रेसले पोल्टामा पार्न सक्नुको पछाडि केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, चीनकाजी श्रेष्ठ, कमला पन्त, पार्टी सभापति हरिबहादुर घले, जिल्ला सचिव नन्दप्रसाद न्यौपानेलगायतको मजबुत टोली गाउँदेखि सहरसम्म निर्वाचन अवधिभर खट्नुलाई काँग्रेसले लिएको छ । यस्तै युवा नेताहरु राजेन्द्र बजगार्इं, प्रकाशचन्द्र दवाडी, गोविन्द गुरुङलगायतको सहयोग रह्यो । उम्मेदवार छनोटदेखि नै काँग्रेस नेतृत्वले सुझबुझ प्रयोग गरेकाले पनि निर्वाचनमा झिनो मतान्तरले भए पनि काँग्रेसकै उम्मेदवारले निर्वाचन जितेका हुन् भन्नेहरु पनि छन् । अधिकांश वडामा शिक्षित, दृष्टिकोण भएका, काम गर्न सक्ने युवा उम्मेदवारलाई प्राथमिकता दिइएको छ ।

नेविसङ्घका सचिव शरण श्रेष्ठले सहिद लखन गाउँपालिका–७ मा वडाध्यक्षमा विजयी भएका छन् । काँग्रेसले ‘लोकप्रिय’ नेतालाई उम्मेदरवार बनाएको थियो । काँग्रेसका युवा नेताहरु राजनराज पन्त र दीपक कँडेल क्रमशः गोनपा र पानपाका प्रमुख हुन् । उनीहरु दृष्टिकोण भएका, परिवर्तन आत्मसात् गर्न सक्ने युवा मानिन्छन् । काँग्रेसले यो निर्वाचन जित्नुका धेरै कारणमध्ये पहिलो माओवादीले ‘बुथ कब्जा र गौंडा छेकेर मतदाता फर्काउन नसक्नु’ हो भन्छन्, काँग्रेसका पुराना नेताहरु । विसं २०४६ सालपछि घैरुङको बास्कोट, घ्याल्चोकलगायत ठाउँका काँग्रेसी मतदाताले यो निर्वाचनमा निर्बाधरुपमा भोट खसाल्न पाएका थिए ।

एघार स्थानीय तह रहेको गोरखामा दुई नगरपालिकासहित सात गाउँपालिकामा काँग्रेसले विजयी हासिल गरेको छ भने दुई गाउँपालिकामा माओवादीले विजयी हासिल गरेको छ । एमाले, नयाँ शक्ति पार्टी र राप्रपाले एउटै स्थानीय तहमा जित हासिल गर्न सकेनन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित