FLASH NEWS
  • Loading...

हेटौँडा उपमहानगरमा एमालेको अग्रता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५६ पटक पढिएको
Post Thumbnail

हेटौँडा, १० जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का हरिबहादुर महतले अग्रता लिएको छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार, महतले २० हजार ६०९ मत प्राप्त गर्नुभई अग्रस्थानमा हुनुहुन्छ भने सोहि पदमा नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २० हजार ३५८ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा एमालेकै मीना लामाले २० हजार ८०० र नेकपा (माओवादी केन्द्र) का बलराम बलले १५ हजार ३१३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै हेटौँडा उपमहानगरपालिका–१० का वडाध्यक्षमा एमालेका किताबसिंह लामाले ८५६ मत ल्याई विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कालु घलाङले ४८० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित