FLASH NEWS
  • Loading...

काभ्रेमा एमालेको लाल किल्ला तोडियो

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४७ पटक पढिएको
Post Thumbnail

काभ्रे–काभ्रेको पाँचखाल नगरपालिका–३ मा वामपन्थीको लालकिल्ला तोड्दै नेपाली कांग्रेसले पुरै सिट विजय हासिल गरेको छ ।
नव निर्वाचित वडा अध्यक्ष सुन्दर अधिकारीको पूरै प्यानल विजय भएको छ ।
वडा नम्वर ३ लाई एमालेले आफ्नो सुरक्षित स्थानको रुपमा विश्लेषण गर्दै आएको थियो । कांग्रेसले पुरै सिट हासिल गरेपछि एमालेले पाँचखालमा अधिकार जमाउने सपना चकनाचुर भएको छ ।
वडामा विजय पश्चात भएको चियापान एवं भेटघाट कार्यक्रममा नव निर्वाचित वडा अध्यक्ष सुन्दर अधिकारीले स्वागत मन्तव्य दिएका थिए ।
प्रमुख अतिथीको तर्फबाट मन्तव्य दिँदै नव निर्वाचित नगरपालिका प्रमुख महेश खरेलले वडा–३ मा आफुले सोचे भन्दा बढी मत आएको बताए । उनले भने, “मैले वडा नं १ र २ बाट अपेक्षा गरेअनुसार मत प्राप्त गर्न नसके पनि वडा नं ३ ले लक्ष्य भन्दा बढी मत हासिल गरेर मेरो विजयमा टेवा पुर्याएकोमा वडावासीमा आभार व्यक्त गर्न चाहान्छु ।,
विशेष अतिथी कुमार लामिछाने, उपमेयर लक्ष्मी दनुवार, नगरसभापति गणेश अधिकारी एवं वडा नं ३ कावडा सभापति प्रकाश तिमिल्सिनाले आ–आफ्नो विचार राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित