FLASH NEWS
  • Loading...

टैगोरको प्रेमकथामा फिल्म बनाउँदै प्रियंका

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १२२ पटक पढिएको
Post Thumbnail

हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल नायिका प्रियंका चोपडाले चाँडै नै नोबेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरको प्रेमकथामा फिल्म बनाउने भएकी छिन् जसको निर्देशन उज्ज्वल चटर्जीले गर्नेछन् । यस फिल्मको कथा सागरिका चटर्जीले लेखेकी हुन् । यो फिल्म टैगरमाथिको बायोपिक त हो तर, यसले उनको सम्पूर्ण जीवनीलाई समेट्ने छैन । यस फिल्ममा उनको जीवनको सुरुवाती कालखण्डको एउटा अंशलाई मात्रै समावेश गरिने छ । सन् १८७८ मा टैगोर १७ वर्षको हुँदा उनी मुम्बइमा आफ्ना गुरु डा. आत्माराम पान्डुरंगको घरमा बस्थे र यही क्रममा उनको आत्मारामकी छोरी अन्नपूर्णसँग प्रेम भएको थियो । उनी ईंग्ल्यान्डमा पढेर फर्किएकी थिइन् र अंग्रेजीमा पोख्त थिइन् । टैगोरले उनलाई ‘नलिनी’ नाम दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित