FLASH NEWS
  • Loading...

बजेट कार्यान्वयन गर्न सरकारलाई सुझाव

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


काठमाडौं– पूर्व अर्थमन्त्रीहरुले बजेट कार्यान्वयनमा विशेष ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।
पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको ०७४÷७५ को बजेट अत्यान्तै सकारात्मक रहेको जानकारी दिए । समयमै बजेट आउनु र यसमा सबै दलहरुको समर्थन रहनु सुखद् पक्ष रहेको पुनले बताए ।
रिर्पोटस क्लबले मंगलबार गरेको साक्षत्कारमा उनले बजेट अति राम्रो आएकाले कार्यान्वयनमा सरकार विशेष तबरले लाग्नुपर्नेमा जोड दिए ।
पुनले भने,‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ, यसको विशेष तवरले कार्यान्वयन हुन जरुरी छ ।’
बजेटका राम्रा विशेषताहरुमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि मुठ्ठी फुकाएर बजेट विनियोजन गरिएको समेत उनले स्पष्ट पारे । उनका अनुसार सरकारले हुलाकी राजमार्ग, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण, फाष्ट ट्रयाक, हुलाकी राजमार्ग, जलविद्युत आयोजनामा राम्रो बजेट विनियोजन गरिएको छ ।
त्यस्तै सरकारले ठूला आयोजना अन्र्तगर्त उज्यालो नेपाल अन्र्तर्गत उर्जा क्षेत्रमा ७८ अर्व विनियोजन गरिएको यो बजेटको राम्रो विशेषता रहेको पुनले बताए । त्यस्तै यही माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सुनिश्चिततासहित बजेट विनियोजन भएकोमा प्रंशसा गरेका थिए ।
त्यस्तै आगामी ५ वर्षभित्र मुलुकको राजनीतिक संक्रमण अन्त्य गरि आर्थिक क्रान्तिलाई द्रुत गतिमा अघि बढाउनेगरि बजेट आएको समेत उनले बताए । कर्मचारीको तलवभत्ता वृद्धि नभएकोमा थोरै गुनासो भएपनि यसलाई पूरक बजेटमा समेट्ने आफूले विश्वास लिएको बताए । त्यस्तै, जेष्ठ नागरिक, एकल महिला लगायतका सामाजिक सुरक्षा भत्ता समेत पूरक बजेटमा समेटिने आफूले विश्वास लिएको पुनको भनाई थियो । त्यस्तै युवा स्वरोजगारलाई पनि विशेष ध्यान दिईने उनको तर्क छ ।
यद्धपी उनले बजेटको आकार ठूलो भएको भन्ने गुनासो भएपनि यसको स्रोत राजश्व संकलन नै रहेको बताए ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीलेपनि बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अधिकारीले भने,‘बजेट राम्रो छ, केही केही कमजोरीहरु भएका छन्, तर बजेट समग्रमा राम्रो छ ।’ अधिकारीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले पु“जीगत खर्च अत्यन्तै कम भएकोमा भने चिन्ता व्यक्त गरे ।
उनले राम्रा कार्यक्रमहरु आएकोमा खुशी व्यक्त गर्दै भने,‘कार्यक्रमहरु राम्रा आएका छन्, अब यसलाई समयमै कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्छ ।’ यद्धपी उनले भैरहेका कामहरुलाई कसरी अनुगमन गर्ने भन्नेतिर विशेष ध्यान दिनुपर्ने सुझाव दिए ।
त्यस्तै, उनले काठमाडौं–तराई द्रुत मार्ग परियोजना, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई एकाउन्टेवल बनाउनुपर्नेमा जोड दिए ।
अधिकारीले बजेटले गरिबी निवारणसम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो पोखे । उनले भने,‘गरिबीको रेखामुनी बस्नेहरुको संख्या ह्वात्तै बढेको छ, गरिबी निवारणका कामहरु ह्न’ सकेका छैनन्, विदेशी सहायताहरु विचौलीयाहरुले बिचमै खाने गरेका छन्, यतातिर सरकारको ध्यान पुग्नुपर्छ ।’
उनले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत बताए । त्यस्तै उनले युवा स्वरोजगार कार्यक्रमलाई समेत प्रभावकारी बनाउनुपर्ने समेत बताए । उनले बजेटले संघीयतालाई कार्यान्वयन गर्न जोड दिएको छ । यद्धपी उनले स्थानीय निकायलाई रकम भने अपूरो भएको गुनासो पोखे । अधिकारीले पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, रेल–वे, फाष्ट ट्रयाकजस्ता परियोजनाहरुलाई अघि बढाउन पर्याप्त रकम विनीयोजन भएकोमा खुशी व्यक्त गरे ।
त्यस्तै, पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा ल्याईएको गैर–राजनैतिक बजेटको संज्ञा दिए ।
उनले अर्थमन्त्रीलाई हात खुट्टा बाँधेर बजेट ल्याउन भनिएको भएपनि सकारात्मक पक्षहरु समेटेर बजेट आएकोमा खुशी व्यक्त गरे । त्यस्तै आर्थिक वृद्धिदर ७.२ प्रतिशत प्रक्षेपण गरिएको र उक्त वृद्धिदर हा“सिल हुने समेत विश्वास व्यक्त गरे ।
त्यस्तै स्थानीय तहकमा स्रोत र साधनहरु हस्तान्तरण गर्नुपनि बजेटको सुन्दर पक्ष रहेको कोइरालाले बताए । त्यस्तै बजेटले रज्यसत्ता स्थानीय तहमा हस्तान्तरण गरेको अनुभुति समेत भएको उनको भनाई थियो । पु“जीगत खर्च कार्यान्वयन गर्नतिर विशेष ध्यान दिनुपर्ने उनले बताए ।
यस्तै, उनले नयाँ नीति तथा कार्यक्रमहरु नल्याउने भनिएपनि अर्थमन्त्रीले बढो चलाखीपूर्वक ढंगले केही नयाँ कार्यक्रमहरु समेत ल्याएको बताए । बजेटको आकार ठूलो हुनु अलिकति अशोभनीय भएको उनले टिप्पणी गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित