FLASH NEWS
  • Loading...

३ हजार ३४८ जना पैदल यात्रु कारबाहीमा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail


काठमाडौं—मंगलबार ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३४८ जना पैदल यात्रुलाई ट्राफिकले कारबाही गरेका छन् ।
जेब्राक्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणा गरेअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले बताए । कारवाहीमा परेका मध्ये २ हजार १२० जनाले जरिवाना तिरेर मुक्त भएका थिए भने बाँकी अरुले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षा लिनु परेको थियो ।
उनले भने, ‘कारबाहीमा परेकामध्ये २ हजार १२० जनाले २ सयका दरले जरिवाना तिरे भने बाँकी १ हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भएका थिए ।
यसरी कारबाहीमा परेकाबाट मंगलबार मात्र ४ लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई ३ घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो ।

सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न मंगलबारबाट अभियान सुरु गरिएको छ ।
प्रहरीले खब यसलाई नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ । उनले भने, ‘सडक दुर्घटनामा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो ।’ ट्राफिक प्रहरीले गत वैशाख १ गतेदेखि राजधानीमा सवारीको ‘हर्न’ बजाउन निषेध गरेको छ । राजधानीमा मात्रै बर्षमा १५० जनाभन्दा बढीको सडक दुर्घटनामा मृत्य हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित