FLASH NEWS
  • Loading...

फोटो पत्रकारिता तालिम सुरु

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५२ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, १७ जेठ । फोटो पत्रकारितामा क्रियाशील सञ्चारकर्मीलाई दक्षता अभिवृद्धि गर्ने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको ‘फोटा पत्रकारिता सेवाकालीन तालिम’ आजदेखि यहाँ सुरु भएको छ ।

सूचना विभाग र पिजे क्लबको सहयोगमा सञ्चालित उक्त तालिममा विभिन्न सञ्चार माध्यमका २५ जना फोटो पत्रकार सहभागी छन् । यही जेठ २३ गतेसम्म तालिम सञ्चालन हुने जनाएको छ ।

सूचना तथा सञ्चारमन्त्रालयका सचिव डा महेन्द्रमान गुरुङले तालिमको यहाँ आज उद्घाटन गर्दै सञ्चार क्षेत्रमा तस्बिरले विभिन्न तथ्यलाई प्रष्ट पार्ने तथा बलियो प्रमाणका रुपमा महत्व राख्ने भएकाले यस क्षेत्रमा संलग्न पत्रकारको जीवन जोखिममा पर्ने हुँदा उनीहरुको दुर्घटना बिमा हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

सूचना विभागका महानिर्देशक कृष्ण राईले पछिल्लो समयमा विकास भएका विभिन्न प्रविधिलाई सञ्चार क्षेत्रमा उपयोग गर्न सञ्चारकर्मीको क्षमता अभिवृद्धिका विभिन्न तालिम उपलब्ध गराउन विभागले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष महेन्द्र विष्टले घटनास्थलमा पुगेर काम गर्नुपर्ने फोटो पत्रकारलाई विभिन्न चुनौतीको सामना गर्नुपर्ने र क्यामरा फुट्न सक्ने समस्यासमेत रहेकाले उनीहरुको सुरक्षालाई सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पिजे क्लबका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारिताको विकासका लागि क्लबले विभिन्न गतिविधि सञ्चालन गरिरहेको बताउँदै व्यावसायिक पत्रकारको हक हित तथा अधिकारका लागि संस्था क्रियाशील रहेको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित