FLASH NEWS
  • Loading...

सबै जिल्ला सडक सञ्जालमा जोडिदै

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– सरकारले सबै जिल्लालाई सडक सञ्जालमा जोड्ने भएको छ । हाल ७४ जिल्ला सडक सञ्जलामा जोडिए पनि सरकारले यो वर्ष बाँकी एक जिल्लामा सडक पुर्याउन लागेको हो ।
अर्थमन्त्रालयका अनुसार नयाँ बजेटमा आ.व ०७४÷७५ भित्र सबै जिल्लालाई सडक संजालमा जोड्ने घोषणा गरिएकाले सोही अनुरुप काम भैइरहेको जनाएको छ । मन्त्रालयका अनुसार हुम्लामा आगामी वर्षभित्र सडक पुर्याउने सरकारको लक्ष्य छ ।
त्यस्तै, आगामी वर्ष थप ३ जिल्लामा सडक कालोपत्रे गर्ने सरकारले योजना बनाएको छ । यो वर्षभित्र ७२ जिल्लामा मात्र सडक कालोपत्र भएकोमा आउदो वर्ष सबै जिल्लामा सडक कालोपत्रे गर्ने सरकारले लक्ष्य लिएको मन्त्रालयले जानकारी दिएको छ ।
स्थानीय तहबाट कार्यन्वयन हुने बाहेक अन्य ठूला रणनैतिक महत्वका सडक योजनालाई ८९ अर्ब ५० करोड सरकारले बजेट विनियोजन गरेको छ । यसैगरी, थानकोट नाकढुङा सडकको सुरुङ निर्माणका लागि ५ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ । धरान, चतरा, गाइघाट, कटारी, सिन्धुली हुदँ हेटौडा जोड्ने सडक आउदो ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसका लागि आगामी वर्षमा ३ अर्ब १५ करोड विनियोजन गरिएको छ ।
नारायणघाट बुटवल सडकलाई ४ लेनमा विस्तार गर्न ७ अर्ब ७ अर्ब ११ करोड रुपैयाँ छुट्टाईएको छ । सरकारले थप ३७० किलोमिटर लामो खण्डास्मीत सडक निर्माण गर्ने भएको छ । यो आवमा खण्डास्मीत सडक विस्तार भई ७ हजार ८३७ किलोमिटर पुग्दै छ । सरकारले ३ सय किलोमिटर सडकको नियमित मर्मत गर्ने भएको छ । आउदो वर्ष १० वटा पुलको निर्माण सम्पन्न गर्ने भएको छ । यो वर्ष ८० वटा पुल सम्पन्न हुदैछन् ।
ग्रामीण सडकअन्र्तगत आउदो वर्ष २ सय किलोमिटर लामो सडक कालोपत्रे गर्ने भएको छ । यो वर्ष २ हजार ३ सय किलोमिटर सडक कोलापत्रे सम्पन्न हुदैछ । ३ हजार ३ किलोमिटर लामो ग्राभेल सडक निर्माण गर्ने सरकारको तयारी छ । यो वर्ष ग्राभेल सडक लम्बाई १६ हजार १०३ किलोमिटर पुग्ने छ । २५० किलोमिटर लामो नयाँ सडक ट्रयाक खोल्ने, १४५ ग्रामीण सडक पुल सम्पन्न गर्ने सरकारको महत्वकाँक्षी योजना छ ।
आगामी वर्षमा सरकारले ५ सय वटा झोलुङेपुल निर्माण गर्ने भएको छ । चालु आवभित्र झोलुङे पुलको संख्या ७ हजार ५८८ छ । चालु आवमा सरकारले देशभरी तुइन विस्थापन गरी सबै ठाउँमा झोलुङे पुल निर्माण गर्ने लक्ष्य लिएको छ ।
यस्तै रानी–इटहरी, धरान, जटही, वीरगन्ज पथलैया, वेलया– बुटवल मोरना–अत्तरिया व्यापारिक मार्गलाई ६ लेनमा विस्तार गर्न २ अर्ब ९० करोड विनियोजन गरिएको छ ।
चालु आर्थिक वर्षको ८ महिनामा सडक विस्तारले गति लिएको पाइएको छ । गत फागुनसम्म ८४९ किलोमिटर लामो सडक निर्माण सम्पन्न भएको छ । यो समेत गरी नेपालको कुल सडक सञ्जालको लम्बाई २९ हजार १५७ किलोमिटर पुगेको छ । यसमध्ये कालोपत्रे गरिएको सडकको अंश ४२.२ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
यस्तै स्थानियस्तरमा थप ४ हजार ३३२ किलोमिटर लामो सडक निर्माण भई ५७ हजार ६३२ किलोमिटर पुगेको छ । यसमध्ये कच्चि सडकको अंश ७४.२ प्रतिशत छ । रेल यातायात तथा राष्ट्रिय गौरवका सडक आयोजना निर्माणाधिन छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित