FLASH NEWS
  • Loading...

तीस अर्ब लगानी गर्न एनसेल प्रतिबद्ध

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७७ पटक पढिएको
Post Thumbnail


काठमाडौं–डिजिटल नेपाल निर्माणकोलागि एनसेलले प्रतिवद्ध जनाएको छ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नौसय मेगाहर्ज र १८ सय मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै थ्रिजी प्रविधिमा आधारित मोबाइल सेवाको विस्तार दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा दुरत गतिको मोबाइल इन्टरनेट सेवा पु¥याउन आफु तयार भएको जनाएको हो ।
प्रविधि तटस्थता मार्फत एनसेलले १ करोड ७० लाख भन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पु¥याई उनीहरुलाई दुरत गतिको मोबाइल इन्टरनेटको लाभ प्रदान गर्नेछ ।
एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङको झोङ, ललितपुरको माल्टा र सोलुखुम्बुको तिंगला जस्ता एक हजार भन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुच पुर्याउने छ । यी स्थानका बासिन्दाहरुले पहिलो पटक दुरतगतिको मोबाइल इन्टरनेटमा पहुच पाउने एनसेलले जनाएको छ ।
यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानियवासीको जनजीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा स्पष्ट सकारात्मक प्रभाव पु¥याउने छ ।
‘हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले विषेशतः इन्टरनेट सेवाको पहुच, नयाँ अवसरहरुको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।
‘यी लक्ष्य प्राप्तिका लागि हामीले आवश्यक स्रोतहरु, प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि ३० अर्ब सम्मको लगानी प्रतिबद्ध गरेका छौ । संयुक्त रुपमा डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि हामी पूर्णरुपमा समर्पित छौ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित