FLASH NEWS
  • Loading...

म्युजिक अवार्डको मनोनयन सार्वजनिक

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५७ पटक पढिएको
Post Thumbnail


काठमाडौं– ‘छैटौ म्युजिक खबर म्युजिक अवार्ड २०७४’को मनोनयन सार्वजनिक भएको छ । गत २०७३ वैशाखदेखि चैतसम्म सार्वजनिक भएका गीतसंगीतको विभिन्न ३४ विधाको सर्वोत्कृष्ट ५ भित्र पर्न सफल गीतको मनोनयन सार्वजनिक गरिएको हो ।
ुम्युजिक खबर म्युजिक अवार्डको यो छैटौं संस्करण हो । आगामी असार २९ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको यस अवार्डको सहआयोजकका रुपमा भने सांस्कृतिक संस्थान जमल रहेको छ ।
राष्ट्रिय भाव, पप, लोकदोहोरी, चलचित्र र आधुनिक गीतसंगीतका विभिन्न १ सय ७० स्रष्टा र सिर्जनाहरु उत्कृष्ट पा“चभित्र पर्न सफल भएका छन् ।
गीतसंगीतको क्षेत्रलाई चलायमान बनाउँदै स्रष्टाको सम्मान, सिर्जनाको सम्मान गर्दै गीतसंगीतको क्षेत्रलाई सम्बद्र्धन, प्रबद्र्धन गर्दै गीतसंगीतमा लाग्नेहरुका लागि उर्जा प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।
यस अवार्डलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्दै गीतसंगीतको क्षेत्रमा लागेका पत्रकार, बाल प्रतिभा, डायस्पोरा, दीर्घसाधना सम्मान, दशकको सम्मान लगायका सम्मानबाट पनि स्रष्टाहरुलाई सम्मान गरिँदै आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित