FLASH NEWS
  • Loading...

चुनाव सर्नै नसक्ने दाबी

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७६ पटक पढिएको
Post Thumbnail


सप्तरी– पछिल्लोपटक घोषणा भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन कुनै पनि हालतमा नसर्ने निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले बताएका छन् ।
आइतबार आफ्नो गृहनगर सप्तरी आएका प्रमुख आयुक्त डा.यादवले सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा १४ असारका लागि तोकिएको दोस्रो चरणको निर्वाचन सर्नै नसक्ने बताए ।
आफ्नो जिल्लामा आएलगत्तै कालो झण्डाको सामना गरेका उनले भने, ‘असार १४ गतेको निर्वाचनबारे जनतालाई कुनै किसिमको भ्रम छैन, गुणन–भागा गर्नेलाई नै बढी भ्रम रहेको छ ।’
स्थानीय निकायको निर्वाचनबारे सरोकारवालाहरुसँग गरिएको अन्तक्र्रिया कार्यक्रममा उनले निर्वाचनका बारेमा कुनै आशंका नगर्न सबैलाई आग्रह गरेका छन् । ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा पनि निर्वाचन हुदैन भनेर भ्रम छरिए पनि चुनाव सफल भएको स्मरण गर्दै उनले ३१ बैशाखको पहिलो चरणको स्थानीय चुनाव पनि धेरैको आशंकाबीच सफल भएको बताए ।
कार्यक्रममा उपस्थित फोरम लोकतान्त्रिकबाट राजविराज नगरपालिकाको एक उम्मेदवारले पहिलो चरणको निर्वाचनमा चुनाव चिह्न अंकित टि–सर्ट, टोपीहरु प्रयोग गर्न छुट दिइए पनि दोस्रो चरणमा किन नदिने ? भन्दै प्रश्न गरेका थिए । उनले सुरक्षा अवस्थाबारे पनि प्रमुख आयुक्तसँग जिज्ञासा राखेका थिए ।
पहिलो चरणको चुनावमा पनि चुनाव चिह्न अंकित टोपी र टिसर्ट प्रयोग नगर्न निर्वाचन आयोगले निर्देशन दिएको तर, उम्मेदवारहरुले पालना नगरेको प्रमुख आयुक्त यादवले जवाफ दिए ।
निर्वाचन आयोगको निर्देशन अटेर गर्नेहरुलाई स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । आचारसंहिता पालना गर्न सबै उम्मेदवारहरुलाई आग्रह गर्दै प्रमुख डा.यादवले भने, ‘सबैले पालना गर्नुहुन्छ भन्ने विश्वास लिएको छु ।’
त्यस्तै, प्रमुख आयुक्त डा.यादवले चितवनको भरतपुरमा मतपत्र च्यातिएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले यो घटनामा निर्वाचन आयोगले सरकारको पक्ष लिएको भन्ने आरोप कपोलकल्पित र निराधार रहेको स्पष्ट पारे ।
निर्वाचन ऐनलाई टेकेर पुनः निर्वाचन गराउने निर्णय आयोगले गरेको प्रमुख आयुक्त यादवले जानकारी दिए । ‘हामीले निर्वाचन ऐनलाई टेकेर निर्णय गरेका छौ,’ उनले भने । यो कुरा अदालतमा गइसकेकाले अदालतले सुनाउने फैसला निर्वाचन आयोगका लागि शिरोधार्य हुने पनि बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित