FLASH NEWS
  • Loading...

नेटवर्किङ व्यवसायमा संलग्न १०२ पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं—अवैध नेटवर्क व्यवसाय (क्युनेट) सञ्चालन गरेको आरोपमा १०२ जनालाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा नेटवर्क सञ्चालनसम्बन्धी शिक्षा लिइरहेको अवस्थामा आइतबार राति १०२ जनालाई पक्राउ गरेको हो जसमा २९ महिलासमेत परेका छन् ।
ब्युरोले सोमबार पत्रकार सम्मेलन गरी प्रारम्भिक छानबिनका क्रममा १०२ मध्ये १४ जना क्युनेट नेटवर्किङ कार्यमा सक्रिय रहेकाले उनीहरुमाथि मुद्दा चलाइएको जानकारी दिएको छ । तिनमा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिसन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धर छन् ।
ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक शेरबहादुर बस्नेतले विद्युतीय सञ्चारमाध्यमको प्रयोग गरी उनीहरुले डेढ वर्षदेखि नेपालमा नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आइरहेको अनुसन्धानमा खुल्न आएको जानकारी गराए । उनले विभिन्न आकर्षक योजना र प्रलोभन देखाई प्रतिव्यक्ति तीनदेखि पा“च लाखसम्म उठाई कमिसन खाएको पाइएको बताए ।
नेटवर्किङको सदस्य बनेमा विश्वका एक हजारभन्दा बढी ठाउँबाट सस्तो मूल्यमा सामग्री पाइने तथा विभिन्न देशको भ्रमण गर्न पाइने आकर्षक योजना देखाएर ठगी गर्दै आइरहेको ब्युरोले जनाएको छ । पक्राउ परेकामध्ये अधिकाशं चिकित्सक, इन्जिनियर र व्यवसायी छन् ।
यस्तै मलेसिया र हङकङबाट उक्त नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको र नेपालीहरु पनि दिनानुदिन यसको सदस्य भइरहेको ब्युरोले अनुसन्धानमा फेला पारेको छ । छिमेकी मुलुकमा यस्तो किसिमको नेटवर्किङ व्यवसायबाट पाँच लाख मानिस पीडित बनेको बताउँदै ब्युरोले यस्तो व्यवसायमा कोही पीडित भए तत्काल उजुरी गर्न आग्रह गरेको छ । नेपाल, भारत, श्रीलंका, इरान, अमेरिका, सुडान, साउदी अरबलगायत देशले नेटवर्किङ व्यवसायलाई प्रतिबन्ध लगाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित