FLASH NEWS
  • Loading...

न्यायलयप्रति पीडित परिवारको आक्रोस

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६६ पटक पढिएको
Post Thumbnail

‘सरकार, अदालत सवैतिरबाट यसैगरी अन्याय हुन्छ र अपराधीहरुलाई नै साथ दिइन्छ भने हाम्रो सिंगै परिवार काठमाडौंको सडकमै आत्मदाह गर्न बाध्य हुनेछ’

काठमाडौं—स्थानीय तहको पहिलो चरणको निर्वाचनका क्रममा वैशाख २६ गते दोखलामा मारिएका कुल बहादुर तामाङ्का हत्यारालाई अदालतले रिहाई गरेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर जिल्ला न्यायाधिवक्ताको कार्यालयले मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३ (३) र १३ (४) को दावीसहित अभियोग पत्र दायर गरेको र जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको ईजलासले अपराधमा संलग्न अभियुक्तहरुलाई तारेखमा छाड्ने आदेश गरेको विषयलाई लिएर पीडित परिवार आक्रोसित मात्रै नभएर मर्माहत बनेको हो ।
कुलबहादुर तामाङका बाबु गोरे तामाङले जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठको ईजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेकोमा अत्यन्तै मर्माहत भएको गुनासो पोखे ।
उनले भने, ‘छोराको वैशाख २६ गते राती क्रुरतापुर्वक हत्या भयो, हामैर गाउँको निलकण्ठेश्वर उच्च माबिको चउरमा उसलाई जुँगुकै देवी खडका, बिशाल खडकासहित आएका माओवादी कार्यकर्ताले होटलमा खाना खान बसिरहेको बेला चारैतिरबाट घेरा हाली भाला रोपेर हत्या गरे, यतिवेला हामीले न्यायको बाटो हेरेर बसेको बेला अदालतले यस्तो निर्णय किन गर्यो ? हामी यस आदेशबाट झनै अन्यायमा परेका छौ ।’
त्यस्तै मृतक तामाङकी श्रीमती साङमाया तामाङले आफ्नो जीवन अधुरो भएको बताईन् । उनले भनिन्, ‘मेरो जीवन अधुरो भएको छ, यि सन्तानको भविष्य झनै अध्यारो भयो, उहाँलाई अपराधीहरूले सुरुमा भाला रोपे, त्यसपछि मुखमा ईंटा कोचेर मारे, उहाँको हत्याबाट मर्माहत बनेर न्यायका लागि कुरेर बसेका हामी परिवार जिल्ला अदालत दोलखाको आदेशबाट थप मर्माहत बनेका छौं, दुखि छौं, त्यो आदेशले मेरो श्रीमान मात्रै मारेको होइन, सिंगै न्यायकै हत्या भएको अनुभुति गरिरहेका छौं ।’
उनले भक्कानिदै अघि थपिन, ‘कुरता पूर्वक हत्यामा संलग्नलाई आजीवन कारावास सजाए हुनुपर्छ, यस घटनामा सामेल जो सुकै कानुनको कठघारामा उभिनुपर्छ, न्यायलयले साधारण तारेकमा अपराधिलाई छाडेको छ, यसले हामीलाई झन आतंकित र भयभित तुल्याएको छ, अब तत्काल न्यायलयले यो निर्णय सुधारेर दोसिलाई कडा कार्वाही गनुपर्छ, जिल्ला अदालत र अदालका न्यायधिस कुनै प्रलोभनमा परेर हो या कसैको दवाफमा परेर यस्तो गर्नु भयो यो निर्णयले हाम्रो पीडामा थप प्रहार गरेको छ ।’
कार्यक्रममा मृतका छोरी संगीता तामाङ, छोरा अशोक तामाङ, भाईहरूकर्ण र जीवन तामाङले हत्यामा संलग्न जो कोहीलाई कडा कार्वाहि गर्नुपर्ने माग गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित