FLASH NEWS
  • Loading...

कामपाले जेट मेसिन खरिद गर्ने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७३ पटक पढिएको
Post Thumbnail

काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकको धुलो पखाल्न जेट मेसिन खरिद गर्ने भएको छ ।
अत्यधिक धुलोका कारण महानगर अस्तव्यस्त भए पछि जेट मेसिन खरिद गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।
केहि समय पानी हालेर सडक पखाल्न खोजे पनि त्यो प्रभावकारी नभएको महानगरको बुझाइ छ । सोही कारण आधुनिक मेसिन खरिद गरेर धुलो व्यवस्थापन गर्ने तयारी भएको कार्कीले जानकारी दिए ।
जेट मेसिन खरिद गर्न महानगरलाई अर्थ मन्त्रालयले सहमती दिर्दै नौ करोड रकम विनियोजन गरि सकेको उनले बताए । एउटा मेसिनको लगभग तीन करोड पर्ने उनले बताए । महानगरपालिकाले ५ वटा मेसिन आवश्यक भएको बताएको छ ।
धुलो पखाल्न कस्तो खालको जेट मेसिन उपयुक्त हुन्छ भनेर महानगरपालिकाका मेकानिकल इन्जिनियर, सडक डिभिजनका इन्जिनियर र पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक सम्मिलित टोलीले अनुसन्धान गरि रहेको छ ।
अनुसन्धान प्रतिवेदन आएपछि टेन्डर प्रकृयामा जाने कार्कीले जानकारी दिए । साथै महानगरमा हरियाली प्रवर्धन र धुलोको तत्काल व्यवस्थापनका लागि ठुला रुख रोप्न मिल्ने एउटा ‘ट्रि ट्रान्सप्लान्टर’ र ३ थान धुलो बढार्ने अत्याधुनिक प्रविधिको ब्रुमर खरिद प्रक्रिया पनि अघि बढेको उनले जानकारी दिए ।
जेट मेसिन आएपछि ब्रुमरले अघि अघि धुलो बढार्ने र मेसिनले पछि पछि पानी खन्याउने उनले बताए ।
महानगरपालिका आसपासका अरु नगरले पनि जेट मेसिन खरिद गरेर धुलो पखाल्ने प्रवन्ध मिलाए उपत्यकाको धुलो नियन्त्रण हुने उनको दावी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित