FLASH NEWS
  • Loading...

‘मिष्टर एण्ड मिस एसईई आईकन–२०१७’ सम्पन्न

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८७ पटक पढिएको
Post Thumbnail


काठमाडौं— ललितपुरको इमाडोलवासी हिडन ब्रिज एकेडेमी इमाडोलबाट एसईई दिएका राजविक्रम गोदार र ललितपुरकै इमाडोलवासी ओमेगी सेकेण्डरी स्कुल कुमारीपाटीबाट एसईई दिएकी मुस्कान चित्रकारले ‘मिष्टर एण्ड मिस एसईई आईकन–२०१७’को उपाधि जितेकी छन् ।
उक्त प्रतियोगिताका सबै सहभागीलाई उच्च शिक्षा अध्ययनका लागि पूर्ण छात्रबृत्तीको ब्यबस्था गरिएको आयोजक एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादु कार्कीले बताएका छन् ।
यसपाली एसर्ईई दिएका किशोर–किशोरीबिच प्रतिस्पर्धा भएको थियो । एएनपी मिडिया हाउसले बिहीबार साँझ राजधानीमा आयोजना गरेको प्रतियोगितामा राजविक्रम मिष्टर क्याटवक र वेष्ट डान्सको उपउपाधिसहित मिष्टर एसईई आईकन–२०१७ विजेता भएका हुन् भने मुस्कान भिवर्स च्वाईस र व्युटी विथ पर्पस उपउपाधिका साथ मिस एसईई आईकन २०१७ विजेता भएकी हुन् ।
प्रतियोगितामा किशोरतर्पm कुशल तामाङ मिष्टर फेसबुक च्वाईस र मष्ट फोटोजेनिकसहित फष्ट रनर्सअप तथा राजिव पण्डित मष्ट चार्मिङसहित सेकेण्ड रनर्सअप भए । कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी र कार्यक्रम सञ्चालनमा सम्पन्न प्रतियोगितामा समन मधुकर्मी मष्ट पपुलर, भिवर्स च्वाईस र वेष्ट डिसीप्लेन, पासाङ लामा मष्ट ट्यालेण्ट, समन श्रेष्ठ वेष्ट स्पीच, स्वयं मानन्धर वेष्ट पर्सनालिटी, दिवाकर श्रेष्ठ वेष्ट फिजीक, मानविर राई मष्ट फ्रेण्डली, इञ्चन गिरी मष्ट एक्टिभ र मष्ट डिर्ज्भिङ, इशान तुलाधर वेष्ट सिंगर, लुजा बज्राचार्य मिष्टर ह्याण्डसम, आर्यन दर्लामी मगर वेष्ट हेयर र ईरिश महर्जन वेष्ट फिटनेस चुनिए ।
विभिन्न मनोरञ्जात्मक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा किशोरीहरुतर्पm दीक्षा दाहाल मष्ट फोटोजेनिक र वेष्ट आर्टवर्कसहित फष्ट रनर्सअप, वर्षा ढकाल वेष्ट पर्सनालिटी र मष्ट एक्टिभसहित सेकेण्ड रनर्सअप, कृष्टीना कायस्थ वेष्ट हेयरसहित थर्ड रनर्सअप तथा प्रशंषा श्रेष्ठ मिस व्युटीफुलसहित फोर्थ रनर्सअपको विजेता भए । प्रतियोगितामा सीमा राई मष्ट पपुलर र मष्ट क्रियटीभ, सन्ध्या वस्ती फेसबुक च्वाईस, परिस्थी श्रेष्ठ मिस क्यावक, रक्षा रायमाझी सोसल्ली रेसपोन्सिबल, सञ्चिता श्रेष्ठ मिस ट्यालेण्ट, युनिषा बुढाथोकी वेष्ट स्माइल, सुमिला महर्जन वेष्ट स्कीन, सुष्मिता बुलुन वेष्ट डिसीप्लेन, रजनी महर्जन वेष्ट फिजीक, अञ्जली तामाङ वेष्ट फिटनेस, प्राप्ती श्रेष्ठ मष्ट फ्रेण्डली, रोशीना तामाङ मिस कन्जिनियालीटी, न्यान्सी केसी मष्ट चार्मिङ, अनिशा श्रेष्ठ फेशन आइकन, वर्षा ढकाल मष्ट एक्टिभ, शनिषा शाही सोसल वेलफेयर एम्बेसडर, पपुसा भण्डारी मष्ट पोजेटीभ एटिट्युड, इशा श्रेष्ठ वेष्ट सिंगर, सुष्मिता श्रेष्ठ युथ विथ रेसपोन्सिबिलीटी, स्मृती खत्री वेष्ट डान्स र पलिश्ता बज्राचार्य मष्ट आइकोनिक आइज चुनिए ।
ध्रुव विस्को र युवराज कंडेलको गायन तथा यन्सु श्रेष्ठ र बन्नी ग्रुपको नृत्य प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा हिसानका पूर्व उपाध्यक्ष युवराज शर्मा, प्राध्यापक डा. क्षितीज उपाध्याय, अभिनेत्री शुभेच्छा थापा, प्राध्यापक ऋषि न्यौपाने तथा सञ्चारकर्मीद्धय सुर्य चन्द र सरोज प्याकुरेल निर्णायक रहेका थिए।
एसइईको नतिजा सार्वजनिक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा आज विहान प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना सफल भएका छन् ।
सार्वजनिक भएको नतिजा अनुसार जीपीए ३.६५ देखि ४ सम्म १२ हजार २ सय ८४ जना सफल भएका छन् । त्यसैगरी जीपीए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४ सय २७ विद्यार्थी सफल भएका छन् ।
त्यस्तै जीपीए २.८५ देखि ३.२० सम्म ५० हजार ५ सय ४६ जना सफल भएका छन् भने जीपीए २.४५ देखि २.८० सम्म ६१ हजार ९ सय ५५ जना सफल भएका छन् ।
यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले जनाएको छ ।
ग्रेड सी र त्यो भन्दा कम अंक ल्याउने विद्यार्थीले यसैवर्ष सबै विषयको परीक्षा दिन पाउने छन्
नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्छन् ।
नतिजा हेर्नका लागि

परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।
नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट धधध.कयअभ.नयख.लउ मा हेर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै शिक्षा मन्त्रालयको धधध.मयभ.नयख.लउ, शिक्षा विभाग सानोठिमी भक्तपुरको धधध.मयभ.नयख.लउ, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको धधध.लभद.नयख.लउ र एनसेल प्रा. लि.को धधध.लअभिि.बहष्बतब.अयm मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
परीक्षा बोर्डले नतिजा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार यस वर्षको एसईई परीक्षाका लागि कुल ४ लाख ८३ हजार ९ सय ६४ जनाले आवदेन दिएका थिए ।

कुल आवेदकमध्ये ११ हजार ८ सय २५ विद्यार्थीहरु परीक्षाका लागि अयोग्य ठहरिएका थिए । त्यस्तै १० हजार ६ जना विद्यार्थी परीक्षामा अनुपस्थित भएका थिए । बाँकी ४ लाख ६२ हजार १ सय ३६ सहभागी भएका थिए ।

यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गरेको जनाएको छ ।

नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित