FLASH NEWS
  • Loading...

‘मिस हेरिटेज क्वीन– २०१७’ आयोजना हुने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७५ पटक पढिएको
Post Thumbnail

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ ।
प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न लागेको हो ।
‘प्रतियोगिताका सहभागीलाई सम्पदाको अर्थ र महत्व बुझाउँदै यसको संरक्षण, सम्वद्र्धन एवं प्रवद्र्धनमा सहभागी गराउने प्रमुख उद्देश्य हाम्रो रहेको छ,’ आयोजक युथ क्रियशन नेपालका अध्यक्ष रवि लामाले भने– ‘प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पनि सम्पदा संरक्षण र प्रवद्र्धनको पाटो कुनै न कुनै माध्यमबाट प्रयोगमा ल्याइनेछ ।’
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन असार ९ गतेसम्म आवेदन माग गरिएको छ । असार १० गते छनोट र १२ गतेदेखि तालिम सुरु हुनेछ भने साउन ५ गते अन्तिम प्रतियोगिता राष्ट्रिय नाँचघर जमलमा हुनेछ । आवेदन फाराम युथ क्रिएशन नेपालको कार्यालय पुतलीसडकमा पाइनेछ ।
मिस हेरिटेज क्वीन– २०१७ मा सहभागीमध्ये विजेतालाई क्राउन, क्यास र ह्याम्पर पुरस्कार दिइनेछ । त्यस्तै, फस्ट रनरअप र सेकेण्ड रनरअपलाई पनि क्राउन, क्यास र ह्याम्पर दिइनेछ । यसका साथै विभिन्न विधाका टाइटलहरु पनि उपलब्ध गराइने युथ क्रिएशन नेपालकी कार्यक्रम निर्देशन एन्जिला तामाङले जानकारी दिइन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित