FLASH NEWS
  • Loading...

दीपिका मिस नेपालगन्ज

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


काठमाडौं– मिस नेपालगन्ज २०१७ को उपाधि दीपिका श्रेष्ठको शीरमा परेको छ । सोमबार नौ जना प्रतियोगीहरुलाई उछिन्दै उनी मिस नेपालगन्ज भएकी हुन् । नेपालगन्ज न्युरोड निबासी दीपिकाले मिस ट्यालेन्टको उपाधिसमेत जितेकी छन् । मिस नेपालगन्ज दीपिकालाई गोर्खा एयरलाइन्सले एयर होस्टेजको जागिर दिने भएको छ । दीपिकालाई साहारा इन्टरनेसनल एयर होस्टेज एकेडेमीले निःशुल्क एयर होस्टेसको तालिमको समेत व्यवस्था गरिसकेको छ । यो उपाधि र अवसरसँगै उनले आयोजक एक्स जेनेरेसनको तर्फबाट १५ हजार रूपैया र यति सिमेन्टको तर्फबाट १० हजार रूपैया नगद पुरस्कारसमेत पाएकी छिन्।
यसैगरी फस्ट रनरअपको उपाधि नर्सिङकी विद्यार्थी समीक्षा बोहराले हात पारिन् । फस्ट रनरअपसँगै उनी मिस फोटोजेनिक पनि घोषित भएकी छन् । १० हजार नगदसँगै उनले म्युजिक भिडियोमा समेत मोडलिङको अवसर पाउनेछिन् ।
मिस नेपालगन्ज चौँथो संस्करणसम्म पुगेको र अझै परिस्कृत गर्दै लैजाने आयोजक एक्स जेनेरेशनका अध्यक्ष संयोजंग शाहले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित