FLASH NEWS
  • Loading...

रणवीर कट्रिनाबीच फेरि कटुता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ४४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– बलिउडमा अत्याधिक रुचाइएको रणवीर कपुर र कट्रिना कैफबीचको सम्बन्ध फेरि चिसिएको छ । बलिउड अभिनेत्री कट्रिनाले अब रणवीर कप’रसँग कुनै फिल्म नखेल्ने बताएपछि यस्तो अवस्था आएको हो ।
कुनै समय प्रेम सम्बन्धमा समेत रहेका यो जोडी अब नयाँ फिल्ममा सँगै देखिने सम्भावना कम भएपछि उनीहरुको फ्यान चिन्तित हुन थालेका छन् । चाँडै रिलिज हुन लागेको फिल्म ‘जग्गा जासुस’को प्रचारका लागि फेसबुकमा रणवीर र कट्रिना लाइभ थिए । सोही लाइभ कार्यक्रममा एक फ्यानको प्रश्नको उत्तरमा कट्रिनाले अब रणवीरसँग कुनै फिल्म नखेल्ने बताएकी हुन् ।
उनले भनिन्, ‘अब हामी कुनै पनि फिल्ममा सँगै देखिने छैनौं, यो सम्भव पनि छैन ।’ कट्रिना र रणवीरको जोडीलाई सबैले रुचाएका थिए । उनीहरुले सँगै ‘अजब प्रेम कि गजब कहानी’ र ‘राजनीति’मा काम गरिसकेका छन् । फिल्मबाहिर वास्तविक जीवनमा पनि रोमान्समा डुबेको यो जोडीको अहिले ब्रेकअप भइसकेको छ ।
फिल्म ‘जग्गा जासुस’ को उनीहरु छुट्टिनु अगावै सुटिङ सुरू भइसकेको थियो । बीचमै उनीहरुको सम्बन्धमा दरार आएपछि केही समय रोकिएको फिल्मको सुटिङ उनीहरुले पुनः सँगै काम गर्न स्वीकारेपछि पूर्ण भएको थियो । अब सम्भवतः यो फिल्म नै उनीहरुको अन्तिम हुने बताइएको छ । अहिले फिल्मको प्रचारमा दुवै सक्रिय छन् । अनुराग वासुले निर्देशन गरेको ‘जग्गा जासुस’ जुलाई १४ मा रिलीज हुदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित