FLASH NEWS
  • Loading...

दुई किलो सुनसहित दुई जना पक्राउ

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
दुई किलो सुनसहित दुई जना पक्राउ

रसुवा- असार । मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रसुवाका प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले दिनुभएको जानकारी अनुसार सुनसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे–४ बाट रसुवाको उत्तरगया गाउँपालिकामा बसाइँ सरी आएका वर्ष ३० का कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका रहेका छन् । रोकालाई  रसुवा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो । बा ७६ प ७८१० नं को मोटरसाइकलमा चीनबाट सुन ल्याउँदै छ भन्ने सुराकीको आधारमा उक्त मोटरसाइकलका तलासी लिइँदा पेट्रोल ट्याङ्कीमा फल्स बटम बनाई कपडाले बेरेर राखिएको दुई किलो सुन फेला परेको हो । सो सुनको बजार मूल्य रु ९३ लाख दुई हजार बराबरको भएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा पेस गरी थप अनुसन्धान थालिएको छ । यस्तै नेपाल प्रहरीले २०७३ वैशाख यता पटक पटक गरी करिब २० किलो सुन बरामद गरी तस्करहरुमाथि मुद्दा दायर गरिसकेको प्रहरी प्रमुख प्रसाईंले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित