FLASH NEWS
  • Loading...

दोस्रो बिहे गर्दै करिश्मा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


मुम्बई– बलिउड अभिनेत्री करिश्मा कपुर अब चाँडै दोस्रो दुलही बन्ने भएकी छन् । करिश्माका ब्याईफ्रेन्ड सन्दीप चाँडै करिश्मालाई विवाहका लागि प्रपोज गर्ने तयारीमा रहेको भारतीय मिडियाले बताएका छन् । सन्दीप र करिश्मा केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन् । पहिला त यी दुईले आफ्नो रिलेसन मिडियाको आँखाबाट लुकाउँदै आएका थिए तर केही महिनायता यो लभ बर्ड्स हरेक ठाउँमा देखिँदै आएका छन् । कपुर फेमिलीमा पनि सन्दीप निकै रुचाइएका छन् । जब कुनै पनि फेमिली भेटघाट हुन्छ, करिश्माको साथ सन्दीप सधैँ नै हुने गर्छन् ।
यो कुराबाट पनि के अनुमान लगाउन सकिन्छ भने करिश्मा र सन्दीप आफ्नो रिलेसनलाई लिएर निकै सिरियस छन् । समाचार सूत्रका अनुसार सन्दीप आफ्नो पहिलो पत्नीबाट चाँडै डिभोर्स लिँदै छन् । सन्दीप चाँडै करिश्मालाई जुहूमा एक ३ बेडरूमको फ्ल्याट पनि गिफ्ट गर्दै छन् । योभन्दा पहिला पनि करिश्मा र सन्दीपले जुहूमा फ्ल्याट लिने सोच बनाएका थिए ।
करिश्मा र सन्दीपको लभ स्टोरी एक साधारण फ्रेन्डको पार्टीबाट सुरु भएको थियो । पहिलो भेटपछि उनीहरु प्रायः भेटिन लागे र एकअर्कालाई मन पराउँदै गए । सन्दीप तोशनीवाल एक टप फर्मा कम्पनीका सिइओ हुन् । करिश्मा कपुरको पहिलो विवाह व्यवसायी सञ्जय कपुरसँग भएको थियो । तर, विवाह बन्धनमा बाँधिएको केही वर्षमा नै उनीहरुले डिभोर्स लिए । करिश्माको एक छोरा र एक छोरी छन् । एजन्सी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित