FLASH NEWS
  • Loading...

सुरक्षित मतदान गराउने सरकारको दायित्व ः गृहमन्त्री

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


विराटनगर—गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित वातावरणमा मतदातालाई मतदान गराउने सरकारको दायित्व रहेको जानकारी गराएका छन् ।
विहिबार विराटनगरमा प्रदेश नं १को क्षेत्रीय सुरक्षा गोष्ठीको एक समारोहबीच उद्घाटन गर्दै गृहमन्त्री शर्माले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अब मुलुकमा संघीय प्रशासनिक ढा“चा निर्माण गर्नुपर्ने बताउँदै विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी गराए । उनले भने, ‘मुलुक अब संघीयतामा गएको छ, अब संघीय संरचना अनुसार नै मुलुकको कानुनमा पनि संशोधन हुन्छ ।’
स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने, राजनीतिक समस्याको समाधान हुने र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै उनले मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास प्रकट गरे ।
दोस्रो चरणको निर्वाचनका लागि प्रायः सबै दल निर्वाचनमा सहभागी भएको भन्दै गृहमन्त्री शर्माले राजपा र विप्लव समूहले स्वतन्त्र रुपमै केही ठाउँमै भए पनि निर्वाचनमा सहभागी भएको जानकारी गराए ।
आयोजित सो गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति रहेको छ । यसका साथै, प्रदेश नं १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीको पनि सहभागिता रहेको छ ।
स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा सुरक्षा निकायका पदाधिकारीहरूले एकअर्कासँग जानकारी लिने र आवश्यक रणनीति बनाउने उद्देश्यले गोष्ठी आयोजना गरिएको थियो ।
ृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा भएको उक्त गोष्ठीमा गृहमन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख दीपक काफ्लेले गोष्ठीको उद्देश्यबारे जानकारी गराएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित