FLASH NEWS
  • Loading...

मुग्लिन सडक खुल्यो

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ५३ पटक पढिएको
मुग्लिन सडक खुल्यो

चितवन- असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहानबाट यातायात सञ्चालनमा आएको छ ।

पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन् । उहाँले यातायात सहज हुन अझै केही घन्टा लाग्ने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र कालीखोलामा पहिरो खसेर रातिदेखि सडक अवरुद्ध भएको थियो । दुईतर्फबाट डोजरले पहिरो पन्छाएको थियो । चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो खस्ने क्रम जारी रहेकाले राति पन्छाउन नसकेपछि बिहान ४ बजेबाट मात्रै पहिरो पन्छाउने काम सुरु भएको थियो । चार घन्टाको लगातारको प्रयासपछि बाटो खुलाइएको हो । ट्राफिक प्रहरीले नारायणगढ–मुग्लिन सडकमा पहिरो आउने क्रम जारी रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित