FLASH NEWS
  • Loading...

बेहुली बन्दै निशा

  • गोल्डेन खबर
  • ७ साल अघि
  • १०३ पटक पढिएको
Post Thumbnail


आउँदो शुक्रबार नायिका निशा अधिकारी बेहुली बन्ने भएकी छन् । करिब ५ बर्ष प्रेम सम्बन्धपछि नेपाली चलचित्र उद्योगकी चर्चित नायिका निशाले चर्चित क्रिकेटर शरद भेषवाकरसँग विवाह गर्ने भएकी हुन् । उनीहरु १४ असारमा मेहन्दीको कार्यक्रमसँगै १६ असारमा वैवाहिक बन्धनमा बांधिने भएका छन् । यतिबेला आफ्ना निकटका साथि(भाई र आफन्तहरुलाई बिहेको निम्तो पठाउने तथा बिहेको तयारीमा दुबै परिवार जुटिरहेका छन् । विवाहको भोज पनि शुक्रबार नै दरबारमार्गको एक तारे होटेलमा हुदै छ । कार्य क्षेत्र अलग–अलग भए पनि जिन्दगीको यात्रामासँगै हिड्न लागेका निशा र शरद आ–आफ्नो क्षेत्रमा स्थापित छन् । निशा–शरदको बिहेको निम्तोको डिजाइन निकै क्रियटिभ बनाइएको छ । कृकेटको बल, ब्याट र स्टम्ब्स राखेर डिजाइन गरिएको निम्तो कार्ड निकै आकर्षक देखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित