FLASH NEWS
  • Loading...

नारायणगढ–मुग्लिन सडकको पहिरोमा परि यात्रु अलपत्र

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७० पटक पढिएको
Post Thumbnail


चितवन—पोखराबाट चितवनको माडीमा दिदी पु¥याउनका लागि ज्योति रानाभाट मुग्लिन आइपुग्दा शुक्रबार बिहान खसेको पहिरोले उनी त्यही रोकिइन् ।
सानी नानीसहितको दिदी र उनी सडक अवरुद्ध भएपछि अलपत्र परेका थिए । घरी सिटमा त घरी सडकमा गरेर उनीहरुले समय विताइरहे । बच्चाको पिडा उस्तै थियो, ‘निन्द्रा नै भएन, बिरामी परिएला जस्तो भो’ ज्योतिले भनिन्, ‘न फकौँ, न जाँउ भने भनेजस्तो भाछ ।’ अरु यात्रुको पनि हरिविजोग भएको उनको भनाइ छ ।
पैसाले धान्न नसक्ने अवस्था भएको छ । अझ दुई, तीन घण्टामा बाटो नखुले पुनः पोखरा फर्कने उनले बताए । कालिखोलाको पहिरोले चितवनको नारायणगढ–मुग्लिन सडक थुनिएको झन्डै तीस घण्टा हुन लाग्यो । जति जाम लम्बिदै छ, उति यात्रुहरु प्रभावित हुँदै छन् । पर्याप्त पैसा नभएकाको राती गाडी मै बास प¥यो । भोकभोकै सुत्ने अवस्था आयो । कोही भने चाउचाउ चिउराको भरमा बसे ।
सडक अवरुद्ध भएपछि महिला र बालबालिका बढी प्रभावित भएका छन् । चितवनकी पत्रकार इन्दिरा दाहाल पनि सोही पहिरोमा रोकिए । उनी एउटा संस्थाले दिएको अलैँचीको विरुवा चितवनको विकट काउलेमा वितरण गरेर फर्कदा जाममा परेका थिए । ‘शुक्रबार ८ बजे पहिरो खस्यो, अनि फसियो’ उनले भने, ‘राति यात्रुको अवस्था दर्दनाक थियो ।’
दाहालकाअनुसार बढी महिला र बालबालिका प्रभावित थिए । पैसा हुनेहरु मुग्लिनका होटलमा बस्न आए । नहुनेहरु चाउचाउ चिउराको भरमा गाडीमै रात बिताए । कतिपय सडकमै अलपत्र देखिन्थ्ये । रातभर बालबालिकाहरु चिच्चयाइरहेका थिए । यात्रुका अनुहारमा पिडा छचल्किएको थियो ।
मुग्लिनका सबै होटल भरिएपछि कतिपय यात्रु त्यसै सडकमा फर्किए । जामका कारण कतिपय जहाँबाट आएका उतै फर्किए भने पैसा हुनेहरु नौबिसे हुँदै हेटौँडातर्फ लागे । पश्चिम जानेहरु पोखराहुँदै बुटबलतर्फ लागे । नहुनेहरु जतिबेला बाटो खुल्छ उतिबेलै जाने भन्दै कुरिरहेका छन् । अझ वीच बाटोमा अड्किएका यात्रु नजिक पसल नहुँदा किनेर खाने अवस्था पनि नभएको प्रत्यक्षदर्शी बताउँछन् ।
तीनवटा बिहेका लागि हिँडेका गाडीमध्ये एउटा बिहे स्थगितै गरेर फर्किए । एउटा बिहेको दुलाहा र केही जन्ती हिँडेर माथिबाट पहिरो काट्ने भन्दै गएकोे बताए ।

अर्काे बिहेका जन्ती भने बैकल्पिक बाटो खोज्दै फर्किए । अर्का पत्रकार राजु चौधरी पनि सोही जाममा अड्किीए । काठमाडौंबाट चितवन आउँदा मुग्लिन नजिकै कालिखोलामा पहिरो गएकाले शुक्रबार देखिनै उनी पनि रोकिए । पहिरो भन्दामाथिबाट छिचोलेर जाने प्रयास पनि उनको असफल भयो । दैनिक १० हजार गाडी हिँड्ने उक्त सडकमा अहिले हजारौँ यात्रु अलपत्र छन् ।
‘कतिपयले पहिरोमाथि डाँडाबाट बाटो काटे, कतिले पहिरो बाटै ज्यान जोखिममा राखेर बाटो काटे’ पत्रकार चौधरीले भने, ‘पहिरोमा एक जनाको ज्यान गएपछि अहिले प्रहरीले हिँड्न दिएको छैन ।’ शुक्रबार बिहान सवा ८ बजे खसेको पहिरो एकपछि अर्काे थपिएकाले बाटो खुलाउन सकिएको छैन । सक्ने गाडी जति फर्किएका छन् भने बीचमा अड्किएका सवारीको अहिलेपनि ठूलो जाम छ । १०÷१२ किलोमिटरसम्म दुईतर्फ नै गाडीको जाम रहेको प्रहरीले जनाएको छ ।
चितवनबाट जाने गाडीलाई जामपछि भरतपुर आसपासमै रोकेको प्रहरी उपरीक्षक दीपक थापा बताउँछन् । कालिखोलामा २ सय मिटर माथिबाट खसेको पहिरो करिब ५० मिटर लम्बाइको छ । चितवनका ट्रफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्त राति जोखिम भएकाले बिहान पा“च बजेबाट पुनः पहिरो पन्छाउन थालिएको बताउँछन् । अझै सडक खुल्न केही घण्टा लाग्ने उनले बताए । अहिलेको पहिरो यो वर्षकै ठूलो रहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित