FLASH NEWS
  • Loading...

‘सुर्के थैली’ गीतको दर्शक २ करोड

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६० पटक पढिएको
Post Thumbnail


काठमाडौं– चलचित्र ‘वडा नम्बर छ’ मा रहेको ‘सुर्के थैली…’ गीतको दर्शक २ करोड पुगेको छ । राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर रहेको ‘सुर्के थैली खै’ बोलको गीतको भिडियोलाइ युटुबमा २ करोडभन्दा बढी पटक हेरिएको हो ।
यो गीतमा राजनराजका अतिरिक्त अञ्जु पन्त र राजु विश्वकर्माको पनि स्वर छ ।
चलचित्र ‘वडा नम्बर छ’मा रहेको यो गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, केदार घिमिरे, दयाहाङ राईलगायत कलाकारले अभिनय गरेका छन् । नेपाली गीतलाई युट्युबमा दुई करोड दर्शकले हेरेको यो पहिलो हो ।
आफ्नो सिर्जनालाई दर्शकले दिएको मायाले उत्साहित भएको भन्दै आगामी दिनमा अझ उत्कृष्ट सिर्जना पस्कने संगीतकार शिवाकोटीले बताए ।
सिवाकोटीकै संगीत रहेको अर्को चलचित्र ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ बोलको गीतलाई पनि युट्युबमा १ करोड ६१ लाख पटक हेरिएको छ ।
रिलिज हुन बाँकी रहेको अर्को चलचित्र ‘दुइ रुपैयाँ’ को ‘कुटुमा कुटु’ बोलको गीतमा पनि राजनराजकै संगीत छ । जुन गीतलाई युट्युबका ६९ लाखपटक हेरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित