FLASH NEWS
  • Loading...

सफा टेम्पो बन्द गरे आम हड्ताल गरिने

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ९७ पटक पढिएको
Post Thumbnail


काठमाडौं—विभिन्न क्षेत्रका सरोकारवालाहरुले वातावरणमैत्री एवं विद्युतीय सफा टेम्पो बन्द गर्ने निर्णय तत्काल फिर्ता नलिए देशव्यापी रुपमा आम हड्तालमा उत्रिने चेतावनी दिएका छन् ।
राजधानीमा सफा परिवहन व्यवसायी संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरोकारवालाहरुले सरकारको यस्तो निर्णय गलत भएकोले तत्काल निर्णय सच्याउनको लागि माग गरेका छन् ।
कार्यक्रममा वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले वातावरणमैत्री सवारी साधनमाथि कडाई गर्न नहुने बताएका छन् । सरकारले २० वर्ष पुराना साना तथा ठुला यातायात साधन निस्तेज गर्ने भनेर गरेको निर्णयबाट टेम्पो चालक र व्यवसायी मर्कामा परेको भन्दै निर्देशक दवाडीले सरकारले विद्युत्तीय साधनमाथि हेरफेर गर्नुपर्ने धारणा राखेका छन् ।
उनले भने,‘वातावरण मैत्री साधनहरू जति वर्ष पुरानो भएपनि हुन्छ, त्यो ५० वर्षसम्मको साधन किन नहोस्, १० वर्षकै भएपनि धुवा र प्रदुषणमा साथदिने खालको भएको खण्डामा त्यस्ता साधन हटाउनु पर्छ।’
त्यस्तै यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष डोलनाथ खनालले सरकारले सफा टेम्फोमाथि लगगाएको प्रतिबन्धित ऐन तत्काल हेरफेर नगरे सडक जाम केन्द्रित आन्दोलन सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
नेपाल सफा टेम्पो परिवहन व्यावसायि संघका अध्यक्ष विष्णु धितालले विद्युतीय सफा टेम्पो ३० वर्षसम्म चलाउन दिनुपर्ने माग गरे।
उनले भने,‘विद्युतीय सफा टेम्पो बन्द गरिए यसले दशौं हजार मानिसहरुको रोजीरोटी बन्द हुने देखिएको छ, वातावरणलाई प्रभाव पार्ने नभई आर्थिक र रोजगारीको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्छ, सरकारले हाम्रो एउटै माग ईन्धनबाट चल्ने साधनसँग विद्युतिय टेम्पोलाई मिसाउनुहुदैन, ३० वर्षसम्म चलाउन पाउनुपर्छ भन्ने हो, यो माग तत्काल पुरा नगरेको खण्डमा हामी जुनसुकै आन्दोलन गर्न बाध्य हुनेछौं ।’
धितालले यो व्यवसायमा एकल महिला, निम्न आय भएका मजदुरहरु, ब्याट्री चार्ज गर्ने कम्पनीमा कार्यरत मजदुरहरु समेत ठूलो मारमा पर्ने चिन्ता व्यक्त गरे । उनले भने,‘त्यसैले राज्यले यस्तो गलत काम गर्नुभएन, कम्तीमा पनि ३० वर्ष चलाउन दिनुपर्छ।’
त्यस्तै कार्यक्रममा नेपाल राष्ट्रिय यातायात महासंघका महासचिव सरोज सिटौलाले सरकारी निकायले नै थोत्रा यातायातका साधन चलाईरहेको आरोप लगाएका छन् ।
यातायात व्यवसायी र साधारण जनतालाई विभेदपूर्ण ढंगबाट यातायातका साधनमाथि रोक लगाएको बताउदै उनले भने,‘सरकारी गाडीहरु धुँवाको मुस्लो फ्याक्दै कुदिरहेका छन्, विभेदपूर्ण तरिकाले यातायात व्यवसायी र जनतालाई मात्रै मारमा पार्नेगरि लागु गरिएको ऐन खारेज हुनुपर्छ, साधनको कन्डिसन हेरेर त्यस्ता साधनको उचित व्यवस्थापन गर्नुपर्छ।’
उनले अघि थपे,‘सफा टेम्पोको बारेमा हामी गम्भिर छौं, हजारौ महिला दिदीबहिनीहरूको रोजीरोटी बनेको टेम्पोलाई २० वर्षको भन्दै जुन तरिकाले रोक लगाएको छ, त्यस्तो निर्णय गर्नेको हातमा म त किरा परोस भन्छु यस्तो अन्यायपूर्ण काम सरकारमा बसेर गर्न मिल्छ? कदापि मिल्दैन।’
कार्यक्रममा वातावरण विशेषज्ञ भूषण तुलाधरले सफा टेम्पो रोकर सरकारले मुर्खतापूर्ण निर्णय गरेको आरोप लगाए । उनले नेपाललाई सगरमाथा र सफा टेम्पो चल्ने देश भनेर विश्वमा चिनिएको उदाहरण पेश गर्दै देशको गरिमा र पहिचानसँग जोडिएको सफा टेम्पोलाई बन्द गर्ने दुस्साहस नगर्न चेतावनी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित