FLASH NEWS
  • Loading...

नेपालमा लगानी गर्न उपराष्ट्रपतिको आह्रवान

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail


काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल र चीनबीचका साझा प्राथमिकताका योजनालाई कार्यान्वयनमा लान बेल्ट एन्ड रोड इनिसियटिभ्स (बिआरआई) सहयोगी हुने विश्वास व्यक्त गरे ।
उनले चीनको लान्झाउमा भइरहेको लगानी तथा व्यापार मेलाको उद्घाटन कार्यक्रममा ‘रेशम मार्गमा सहयोग र विकास’बारे संभाषण दिंदै नेपाल र चीनलाई सीमा नाकाले जोड्ने र बिआरआईमा सहभागी राष्ट्रहरुबीच लगानी अभिवृद्धि, प्रविधि हस्तान्तरण, दीर्घकालीन सहयोग आदानप्रदानबाट आर्थिक रुपान्तरणका लागि प्राकृतिक स्रोतको उपयोग गर्ने एक अवसरका रुपमा बिआरआईलाई लिइएको स्पष्ट पारे ।
बिआरआईमा समाहित राष्ट्रहरुका उद्यमीहरुलाई नेपालमा लगानी गर्न र मुनाफा कमाएर लान पनि उनले आह्रवान गरे ।
उपराष्ट्रपति पुनले सन् २०१७ लाई चीनमा नेपाल पर्यटन प्रवद्र्धन वर्ष घोषणा गरेकामा चिनियाँ सरकारलाई धन्यवाद दिए । यो अभियानलाई सफल बनाउन चिनियाँ जनतालाई नेपाल भ्रमणमा जान उत्प्रेरणा दिन पनि उनले चिनियाँ सरकारसँग आग्रह गरे ।
उनले सबै साझेदारहरुको एकीकृत प्रयासबाट बिआरआईका सम्भाव्यताहरुलाई मूर्त रुप दिन नेपाल प्रतिबद्ध रहेको विश्वास पनि दिलाए ।
बिहीबार गान्सु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उपराष्ट्रपति पुनले गान्सु प्रान्तका गभर्नर ताङ रेन्जियाङसँगै नेपाल कक्षको उद्घाटन गरेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ ।
उक्त व्यापार मेलामा १३ नेपाली व्यापारिक कम्पनीले १६ वटा बिक्री कक्ष सञ्चालन गरेका छन् । मेलामा ३६ राष्ट्र र दुई अन्तरसरकारी संगठनले भाग लिइरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित