FLASH NEWS
  • Loading...

‘ग्याङस्टार ब्लुज’को ट्रेलर सार्वजनिक

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५५ पटक पढिएको
Post Thumbnail


काठमाडौं– ‘ग्याङस्टार ब्लुज’को ट्रेलरमा सार्वजनिक भएको छ । २ भदौलाई रिलिज कन्फर्म गरिएको नव–नायक आशिरमान देशराज श्रेष्ठ र नायिका आना शर्मा अभिनित फिल्म ‘ग्याङस्टार ब्लुज’को ट्रेलर रिलिज भएको छ । एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ग्याङस्टार कथामा आधारित फिल्मको ट्रेलरमा आशिरमानलाई धमाकेदार एक्सन अवतारमा देख्न सकिन्छ । ट्रेलरमा आशिरमानको लुक्स आकर्षक छ । आना र आशिरमानको रोमान्स पनि ट्रेलरमा देख्न सकिन्छ । फिल्म ’होस्टेल’बाट निर्देशनमा डेब्यू गरेका हेमराज बीसीले निर्देशन गरेको ‘ग्याङस्टार ब्लुज’मा आशिरमानलाई एंग्री योङम्यानको लुक्स प्रस्तुत गरिएको छ ।
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक हेमराज बीसीले ‘ग्याङस्टार ब्लुज’लाई आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक बनाउने प्रयास गरेको बताए । नव–नायक आशिरमान देशराज श्रेष्ठले फिल्म ‘ग्याङस्टार ब्लुज’ आफ्नो करिअरको पहिलो खुड्कियो भएका कारण निकै मिहिनेत गरेको बताए । यस्तै, नायिका आना शर्माले पनि ‘ग्याङस्टार ब्लुज’को स्क्रिप्ट चित्त बुझेपछि काम गरेको बताइन् ।
यो फिल्ममा आना शर्मा, आशिरमान देशराज, संयम पुरी, प्रमोद अग्रहरि, रोजिशा शाही ठकुरी लगायतको अभिनय छ । मनिष पण्डित कार्यकारी निर्माता रहेका फिल्ममा सरोज न्यौपाने र हेमराज बीसी पनि निर्माताको रुपमा रहेका छन् । यस फिल्मबाट डेब्यु गरेका अभिनेता आशिरमानलाई फिल्म क्षेत्रका लागि राम्रो सम्भावना बोकेका अभिनेताका रूपमा लिइएका
छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित