FLASH NEWS
  • Loading...

नम्रता, आँचल, वर्षा, सिपोरा र बेनिसाको भिडन्त

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नायिकाहरु नम्रता, आँचल, वर्षा, सिपोरा र बेनिसाको भिडन्त हुने भएको छ ।
गत वर्ष युएइको अवुधाबीमा आयोजना भएको ‘पहिलो नेपाली म्युजिक भिडियो अवार्ड’ ले यस वर्ष पनि निरन्तरता पाउने भएपछि यी नायिकाहरु अभिनित चलचित्रले अवार्डका लागि भिड्ने भएका हुन् ।
आयोजक संस्था संगिक्षा फिल्मस्ले दुबइमा रहेको नमस्ते ट्राभल्ससँग सहकार्य गर्दै ‘दोस्रो नेपाली म्यूजिक भिडियो अवार्ड’ पनि दुबइमा आयोजना गर्ने भएको छ । संगिक्षा फिल्मस् ले ‘दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड’ को विषयमा जानकारी दिँदै मंगलबार एक कार्यक्रमका बीच उत्कृष्ट ५ को नोमिनेसन सार्वजनिक ग¥यो । म्युजिक र भिडियो गरि दुई समूहमा विभाजन गर्दै विभिन्न १७ विधामा अवार्ड आयोजना गरिनेछ ।
यो वर्ष आयोजना हुन लागेको अवार्डमा ‘लाइफ टाइम कन्ट्रिब्युसन’बाट गीतकार तथा चिकित्सक डाक्टर भोला रिजाललाई सम्मानित गरिनेछ । यस्तै, ‘स्पेसल कन्ट्रिब्युसन’को रुपमा विशेष श्रेष्ठलाई सम्मानित गरिने कार्यक्रममा जानकारी दिइयो ।
यस्तै, ‘म्युजिक भिडियो ट्रेन्ड सेटर’ अवार्डको रुपमा चर्चित गीत ‘साइँली’लाई अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा मोडलहरु नम्रता सापकोटा, आँचल शर्मा, सिपोरा गुरुङ, यशराज, दिकपाल कार्की लगायत सहभागी थिए । संगिक्षा फिल्मस्का अध्यक्ष मनोज केसीले भव्य रुपमा कम भन्दा कम विवादमा अवार्ड आयोजना गर्ने बताएका छन् ।
यस्तै, अवार्डका जुरी संयोजक भरत शाक्यले उत्कृष्ट गीतहरुलाई विभिन्न चरणमा विभाजन गर्दै अन्तिम ५ सार्वजनिक गरिएको बताए । यो अवार्ड दुबइमा सेप्टेम्बर महिनामा आयोजना हुँदै छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित