FLASH NEWS
  • Loading...

बाढीपीडितलाई २५ हजार राहत

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६९ पटक पढिएको
Post Thumbnail


काठमाडौं—सप्तरीका बाढीपीडितको टहरा निर्माण र जस्तापाता खरिदका लागि सरकारले तत्काल प्रतिपरिवार २५ हजार राहत दिने निर्णय गरेको छ ।
सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सोमबार बसेको मन्त्रिपरिद्को बैठकले सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवं विस्थापितका लागी टहरा निर्माणका लागि १५ हजार र जस्तापाता खरिदका लागि १० हजार गरी कुल २५ हजार राहत दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की जानकारी गराए ।
सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवं विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपीडितलाई २५ हजार राहत उपलब्ध गराउने तथा उनीहरूको बसोबासको व्यवस्था गर्न १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था गर्ने प्रतिवद्धता घोषणा गरेका थिए ।
दुई हप्ता अगाडि आएको बाढीले त्यहाँको बाँध भत्काउनुका साथै सप्तरीका एक दर्जन गाउँ डुबानमा पारेका थिए ।
खाडो, जातो र मौली नदीमा आएको बाढीबाट कञ्चनरूप नगरपालिका तथा तिरहुत, रूपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाकालगायत दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको थियो । बाढीबाट त्यहाँका करिब १ हजार ५ सय भन्दा बढी घर डुबानमा परेका थिए ।
बैठकले सप्तरीका बाढपीडितको बसोबासको व्यवस्था गर्न १५ लाख सहुलियत ऋण दिने पनि निर्णय गरेको छ । बैठकले प्रतिनिधिसभाको सदस्य निर्वाचनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई व्यवस्थापिका–संसद्मा पेश गर्ने निर्णयसमेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित