FLASH NEWS
  • Loading...

अन्तरर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको प्रस्तुती उत्कृष्ट

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५८ पटक पढिएको
Post Thumbnail


काठमाडौं– नेदरल्यान्डको वार्फममा सम्पन्न ५२ औँ अन्तरर्राष्ट्रिय लोक सांस्कृतिक मेला ‘ओप रोअकिल्डाईस’मा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ले गौरबमय प्रस्तुती दिई उत्कृष्ट बनेको छ ।
दौरा सुरुवाल, ढाका टोपीका साथै गुन्यु चोलीमा सजिएर कलाकार टोली चन्द्र सुर्य अंकित नेपाली राष्ट्रिय झन्डा बोकेर जब स्टेजमा उक्लन थालेका थिए तब हजारौं दर्शकहरुको तालिले कार्यक्रम गुञ्जयमान बनेको थियो ।
१६ राष्ट्रको सहभागीता रहेको मेलामा नेपालको तर्फबाट एभरेष्ट नेपाल कल्चरल ग्रुप भाग लिन नेदरल्यान्ड पुगेको थियो । ग्रुपका प्रमुख रामचन्द्र कोइरालाको संयोजन तथा ग्रुपको निर्देशक सीतल आचार्य र मिरज कोइरालाको अगुवाईमा नेदरल्यान्ड पुगेको टोलिले नेपालको परम्परागत लोक संस्कृति झल्काउने प्रस्तुती प्रस्तुत गरेका थिए । उक्त अन्तरर्राष्ट्रिय मेलमा ग्रुपले झ्यऊरे, तमाङ, झोडा, सतार, शेब्रु, धिमल सोरठीका साथै दर्जनौं नृत्यहरु प्रदर्शन गरेका थिए ।
मेलामा ग्रुपका प्रमुख कोइरालाका साथमा नृत्यतर्फ सपना महर्जन, सिम्रन शाही, प्रमिल रिजाल, अनिता अधिकारि, एलिना राई, अनित थापा मगर, प्रियंक मगर, शम्भु शाही, कृष्ण रेउले, रुपिन डङ्गोल, उदिराम खड्का, माइकल मगर, प्रकाश न्यौपाने, बासुदेव भबरिस्ठ बाँसुरीबादक रामबहादुर भुजेल, बरिस्ठ गायक दुर्गा रायमाझी, बरिस्ठ बाध्यबादक धनेस्वोर तिवारी, गायक राम प्रसाद पाण्डे, कृष्ण काजि डङ्गोल, गायिका रिता बुढाथोकी भुजेल, वीरबहादुर मगरले भाग लिएक थिए ।
मेलामा सहभागी कलाकारहरुलाई नृत्यहरु संयोजन मिरज कोइराला तथा सपना महर्जनले गरेका थिए भने संगीत संयोजन बरिस्ठ बाँसुरीबादक रामबहादुर भुजेलले गरेका थिए ।
‘कतिपय राष्ट्रका नागरिकलाई नेपाल कहाँ पर्छ, सगरमाथा (एभरेष्ट)को नाम सुनेका छन् तर, कहाँ छ थाहा छैन, गौतम बुद्ध कहाँ जन्मिएका थाहा छैन, नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै नेपाली सांस्कृति मार्फत विश्वभर राजदुतको काम गर्ने र कलाकार तथा संस्थालाई राज्यले वस्ता नगरेकाले पनि कलासंस्कृतीलाई प्रवर्दन तथा सम्बर्धन गर्ने उद्देश्यले कलाकार राष्ट्रको सम्पत्ति हुन भन्ने कुरा राज्यले बुज्नु पर्दछ भनि अन्तरर्राष्ट्रिय स्तरमा नेपाली लोक कला सांस्कृतिको प्रदर्शन गर्दै हिँडेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’का अध्यक्ष तथा गुरपका प्रमुख कोइरालाले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित