FLASH NEWS
  • Loading...

करोड बढी ‘कुटुमा कुटु…’ को भ्युअर्स

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७४ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– नेपाली कथानक चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु…’ को युट्युबमा एक करोड पटक बढी हेरिएको छ । मे २८ तारिकमा अपलोड गरिएको गीत जुलाई १५ सम्ममा एक करोडपटक हेरिएको हो । ४९ दिनमा यो गीतले एक करोड भ्युअर्स पुर्याएको हो ।
राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा स्वरमा भने उनलाई मेलिना राई र राजन इशानले पनि साथ दिएका छन् ।
गीतका भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत आशिफ शाहले अभिनय गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी गरेको भिडियो निर्देशन अशिम शाहले गरेका छन् ।
पछिल्लो समय राजनराज शिवाकोटीका गीत लगातार लोकप्रिय हुदै आएका छन् । युट्युब च्यानलमा पहिलोपटक एक करोड भ्युअर्स पुग्ने गीत सुर्के थैली राजनराजकै गीत हो भने पूर्वपश्चिम रेल पनि राजनराजकै गीत हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित