FLASH NEWS
  • Loading...

ग्लोबल नेपाली फिल्म अवार्ड कोलोराडोमा हुने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ५४ पटक पढिएको
Post Thumbnail

 


काठमाडौं– खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करण यहि भदौ ३ मा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ ।
यहि आउँदो भदौमा अमेरिकाको कोलोराडोमा हुन लागेको उक्त ग्लोबल नेपाली फिल्म अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ ।
सन् २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको ख्याति संगै संसारभरका नेपालीहरुले उक्त ग्लोबल नेपाली फिल्म अवार्डलाइ चासोको साथ हेरिएको छ ।
खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा संसारभर छरिएर बसेका नेपाली कलाकारहरुको जमघट हुने र मुख्यतया क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, जापान, फ्रान्स, इटलीलगायतबाट कलाकार आउने छन् ।
नेपाल तथा अमेरिकाको ७० औं फ्रेन्डशिप साठ गाठ बर्ष मनाउने अवसरमा हुन गईरहेको नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाड बनाउन सहयोग पुग्ने आयोजकको दावी छ ।
‘नेपाली चलचित्र गाउं देखि विश्व सम्म’ भन्ने नाराका साथ नेपाली चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रर्दशन प्रवद्र्धन गरि नेपाली कला सस्कृतिलाई बिश्वसामु चिनाउने उद्धेश्य रहेको नायक नबराज श्रेष्ठले बताए । तेस्रो संस्करण भने अस्ट्रेलिया अथवा दुबईमा हुन सक्ने कुरा बताइएको छ ।
नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्मी अवार्ड कमिटीको संयुक्त आयोजनामा हुने यस पटकको अवार्ड पृथक हुने अवार्डको संयोजकमा संचारकर्मी शैलेश पोखरेल रहेका छन् ।
आयोजक समितिको अध्यक्षमा नायक नवराज श्रेष्ठ छन् भने मुख्य प्रायोजकमा शेर्पा ब्रुअरी तथा सह प्रायोजकमा सिटौला ब्रदर्स रहेका रहेको छ ।
उक्त अवार्ड कार्यक्रममा नेपालबाट नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल र निर्माता नायक मधुकुमार श्रेष्ठ आयोजक कमिटिमा रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित