FLASH NEWS
  • Loading...

नायिका कंगना घाइते

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ६१ पटक पढिएको
Post Thumbnail


बलिउडकी सफल नायिका कंगना रनावत एक चलचित्रको छायांकनका क्रममा घाइते भएकी छिन् । चलचित्र ‘मणिकर्णिका (द क्विन अफ झाँसी’को छायांकनका क्रममा कंगना घाइते भएकी हुन् । चलचित्रको छायांकन हैदरावादमा भइरहेको थियो । चलचित्रमा तरबारबाजीको दृश्य छायांकन भैरहेको थियो । सो समयमा कंगनाको निधारमा तरबार लाग्यो र उनी घाइते भइन् । कंगनालाई तत्काल अपोलो अस्पतालमा भर्ना गरिएको छ । उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ । उनको निधारमा १५ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित