FLASH NEWS
  • Loading...

‘फेसनमान्डु’को फाइनल अडिसनमा ४० मोडल

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ७२ पटक पढिएको
Post Thumbnail


काठमाडौं– ‘फेसनमान्डु रनवे शो–२०१७’को फाइनल अडिसनमा ४० जना मोडलहरु चयन भएका छन् ।
मसाला कटेजमा आयोजित अडिसनमा २०० जना मोडलबाट ४० जना चयन भएका हुन् ।
कोरियोग्राफर प्रताप ताम्राकार र फोटोग्राफर राजभाइ सुवालसहित १२ जनाको जुरीबोर्डले उत्कृष्ट ४० जना प्रतिस्पर्धी मोडलहरु चयन गरेका हुन् ।
ती ४० जना मोडललाई प्रतिष्ठित प्रशिक्षकहरुबाट एक महिनाको प्रशिक्षण दिने बताइएको छ । उनीहरुलाई प्रशिक्षण दिनका लागि अष्ट्रेलियाबाटसमेत प्रशिक्षकहरु नेपाल आइसकेका छन् ।
आयोजक बिग बेल एडुटेन्टमेन्ट प्रालि र एफआरएस वल्र्ड प्रालिका संस्थापक किरण नेवा र कृष्टि थापाले फेसनमान्डुको अन्तिम इभेन्ट्समा ४० जना प्रतिस्पर्धी मोडलबाट एक जोडी मोडल चयन गरिने बताए । विजेतालाई अष्ट्रेलियामा हुने फेसन शोमा सहभागी गराइनेसमेत आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित