FLASH NEWS
  • Loading...

१९ घण्टा पनि सुचारु हुने सकेन राजमार्ग

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८८ पटक पढिएको
१९ घण्टा पनि सुचारु हुने सकेन राजमार्ग

नवलपरासी-  साउन । गएराती देखीनै अवरुद्ध बनेको पूर्व पश्चिम राममार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक खण्ड अझै सम्म सुचारु हुन सकेको छैन् । दाउन्ने सडक खण्ड अन्तर्गत सडकको केही भाग भासिउको छ ।

साथै दाउन्ने क्षेत्रमा लगातार रुपमा पहिरो खस्दै जादा गएराती देखी नै सवारी आवात जावत बन्द भएको दाउन्न क्षेत्र अझै सम्म सुचारु हुन नसकेको हो । भिसिएको सडकमा आर्को ट्र¥याक खोल्ने काम भई रहेको छ । बर्षाका कारण समस्या छ नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय वहादुर राना मगरले जानकारी दिनुभयो । प्रजिअ रानाका अनुसार भासिएको सडकमा ट्र¥याक खोल्ने काम जारी पानी परिरहेका कारण पहिरो कति बेला खस्छ भन्न सकिने अवस्था छैन् । गएराती साढे १० बजेको समयमा पहिरो गएपछि करिब १९ घण्टादेखि पूर्वपश्चिम राजमार्ग अबरुद्ध भएको छ । दाउन्नेको एस मोड क्षेत्रमा सडक भासिएको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरिक्षक टेक रावतले जानकारी दिनुभयो । ७ मिटर जति सडक भासिएको छ । प्रहरी निरिक्षक टेक रावतले जानकारी दिनुभयो । राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि बाटो खुल्न सक्ने अवस्था नरहेको छ । पुर्व पश्चिम राजमार्ग दाउन्नेमा सडक भासिनु साथै पहिरो विभिन्न स्थानमा खसिरहदा यातायात खुल्ने सम्भावना आज अनिश्चित हुदै छ । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्नेमा पहिरो अवरुद्ध सडक थप स्थानहरुमा भासिए पछी यतायात खुल्ने सम्भावना न्युन हुदै गएको छ ।सडक भासिएपछि पुर्वपश्चिम राजमार्ग नै ठप्प छ । दाउन्ने पूर्व र पश्चिम करीब १० किलोमिटर सम्म सवारीको लाम लागेको ईलाका प्रहरी कार्यालय बर्दघाटले जानकारी दिएको छ । लामो समयसम्म सवारी जाम भएपछि यात्रुले सास्ती पाएका छन । दाउन्ने आसपासका कम्तीमा १० ठाउमा साना साना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरले पहिरो पन्छाउने काम भैरहेको छ । पहिरो पन्छाउदै जाने तर पहिरो खस्न नरोकिने गर्दा गाह्रो भैहरेको प्रहरीले जनाएको प्रहरीले जनाएको छ । 

दाउन्नेमा पहिरो खस्दा हजारौं यात्रु अलपत्र

 गए राती साढे १० बजे देखी पुर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा पहिरो खस्दा हजारौं यात्रु अलपत्र परेका त छन् । तर सिमित रकम लिएर गन्तब्यमा हिंडेका यात्रुहरुलाई दुम्कीबास,अरुणखोला, चोरमारा,बर्दाघाट,चिसापानी लगायतका ब्यापारीले बढी शुल्कमा खाध्यबस्तु बिक्रि गरिरहेका छन् । जामले गर्दा चाउचाऊको मूल्य १००,बियरको मूल्य ५०० र स्याऊको मूल्य प्रति केजी ३०० पुगेको छ । दाउन्ने क्षेत्रमा लामो जामले गाडी रोकिएकाले भोक मेट्न एउटा चाउचाउ उमालेर खाँदा रु १०० तिर्नु परेको एक यात्रुहरुले गुनासो गरेका छन् । यस्तै बच्चाले खाने कुरकुरे, चिप्स र अन्य पेयपदार्थ पनि साबिक भन्दा बढी मुल्य तिर्नु परेको यात्रुहरुको गुनासो छ । बाटोबाटोमा स्याऊ किलोको ३०० रुपियामा खुद्रे ब्यापारिले बेचिरहेका छन । सम्बंधित निकायहरू पहिरोकै बिषयमा मात्रै केन्द्रित छन , बजार अनुगमन समिति मस्त सूतेर बसेको छ,यिनिहरुलाई अनुगमन गर्न ठुलाठुला चाड पर्व आउनै पर्छ नत्र अरु बेला कानमा तेल हालेर सुत्छन बजार कुन बेला अनुगमन गर्नुपर्छ भन्ने सम्म पनी हेक्का नहुनेहरुलाइ चियापसलमा पहिरो कै चिन्ता छ । करिब २० घण्टा जाममा परेर दुस्ख पाएका यात्रुहरुलाई ब्यापारीले मनपरी मुल्य राखी बस्तु बिक्रि वितरण गर्दा अझै सास्ती खेप्नु परेको छ, यस्तो अवस्थामा बजार व्यवस्थापन समिति र अनुगमन समितिले अनुगमन नगरी बस्ने हो । भने जनताले दुस्ख र सास्ती पाईरहन्छन् अनि दुस्खमा लुट्न पल्केका ब्यापारी मोटाईरहन्छन् । त्यसैले यस बिषयमा सम्बन्धित निकायले गम्भीर भएर सोच्नु पर्ने आवश्यक छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित