FLASH NEWS
- Loading...
नापी कार्यालयका प्रमुख मृत फेला
- गोल्डेन खबर
- ७ साल अघि
- १२६ पटक पढिएको

मोरङ- भदौ । नापी कार्यालय इलामका प्रमुख ५४ वर्षीय निरोज त्रिखत्री मोरङको विराटनगरस्थित एक होटलको कोठामा आज बिहान मृतावस्थामा फेला पर्नुभएको छ । नापी अधिकृत त्रिखत्री विराटनगरस्थित पाथीभरा होटलमा सुतेकै ठाउँमा मृतावस्थामा फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो । आव २०७३÷७४ को वार्षिक समीक्षा एवं भूमि व्यवस्थापनसम्बन्धी तीनदिने गोष्ठीमा सहभागी हुनका लागि त्रिखत्री विराटनगर आउनुभएको थियो । शनिबारदेखि विराटनगरमा शुरु भएको गोष्ठीमा प्रदेश नं १ र २ का नापी र मालपोत कार्यालयका प्रमुखको सहभागिता रहेको छ । त्रिखत्री लामो समयदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी हुनुहुन्थ्यो । त्रिखत्रीको स्वास्थ्य अवस्थाकै कारणले मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस