FLASH NEWS
- Loading...
विस्थापित हँुदै इँटा व्यवसाय
- गोल्डेन खबर
- ७ साल अघि
- ८३ पटक पढिएको
चितवन- भदौ । गुणस्तरीय इँटा उत्पादन हुने जिल्लाको रुपमा परिचित यहाँको इँटा भट्टा चौतर्फी समस्याले घेरिएसँगै विस्थापन हुने स्थितिमा छ ।
विसं.२०२५ तिर जिल्लामा ४५ हजाराको हारहारीमा इँटा भट्टा रहेकामा हालसम्म आइपुग्दा १८ वटामा झरेको छ । हाल जिल्लाको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा इँटा भट्टा छन् । इँटा उद्योग संघका जिल्लाअध्यक्ष नारायण सापकोटा गुणस्तरीय माटो अभाव, जनघनत्व वृद्धि, सहजरुपमा मजदुर नपाउनु, विभिन्न निकायलाई कर र चन्दाजस्ता समस्याका कारण उद्योग विस्थापित हँुदै गएको बताउनुहुन्छ । उहाँकाअनुसार नगरपालिका, जिल्ला समन्वय समिति र आन्तरिक राजश्व कार्यालयलाई फरक÷फरक कर तिर्नुपर्ने बताउनुहुन्छ । जनघनत्व बढ्दै गएकाले स्थानयवासीको दबाबमा बाटो, पुल, टोल, क्लब, विद्यालय, कुलोलगायतलाई चन्दा दिनुपर्ने बाध्यता पनि बढ्दै गएको छ । मजदुरलाई अग्रिम पैसा तिर्नुपर्ने हुन्छ भने कोइलालगायतका कच्चा पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा थप समस्या भएको छ । इँटा उद्योग महासंघका सचिवसमेत रहनुभएका सापकोटाकाअनुसार जिल्लामा आवश्यकपर्ने ७५ प्रतिशत इँटा यहाँको उत्पादनले धानेको छ । बाँकी इँटा तराईका जिल्लाबाट आउने गर्दछ । यहाँ आउने कम गुणस्तरका (‘बि’ ग्रेडका) इँटासँग जिल्लामा उत्पादित उच्च गुणस्तर (‘ए’ ग्रेडका) इँटासंग दाज्ने गरेकाले पनि समस्या आउने गरेको सापकोटाले बताउनुभयो । यहाँका सबै व्यवसायी मूल्य अभिवृद्धि करमा दर्ता छन् । संघका पूर्व अध्यक्ष विनोद श्रेष्ठकाअनुसार बालुवा नमिसिएको चिम्ट्याइलो माटो इँटाका लागि आवश्यक पर्दछ । त्यस्तो माटो नहुँदा यसैवर्ष एक उद्योग जिल्लाबाट विस्थापित हुनुपरेको बताउँदै उहाँले अर्को एक उद्योग नोक्सान धान्न नसकेर बन्द भएको बताउनुभयो । श्रेष्ठकाअनुसार एउटा उद्योग खोल्न कम्तीमा दुई करोड खर्च हुने गर्दछ । खर्च धान्न नसके र नै ती उद्याग बन्द भएका हुन् । समयमा नै समस्या निराकरण गर्न नसके सबै उद्योग विस्थापित हुनसक्ने श्रेष्ठको चिन्ता छ । कुनै मौसममा अस्वभाविक हावाहुरी र वर्षाका कारण सुकेका इँट्टा पूर्णरुपमा क्षति हुँदा पनि ठूलो नोक्सान हुने गरेको व्यवसायीहरू बताउछन् । जिल्लामा रहेका भट्टामा कम्तीमा एक सय ५० भन्दा बढी मजदूर आवश्यक पर्दछ । सम्पूर्ण मजदूर बाहिरी जिल्लाबाट झिकाउनुपर्ने हुन्छ ।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो
खुशी
अचम्म
उत्साहित
दुखी
आक्रोशित
प्रतिक्रिया दिनुहोस
गोल्डेन पब्लिकेशन नेटवर्क प्रा.लि.
मध्यपुर थिमी-५, भक्तपुर
न्युज डेस्क +९७७-९८४१९९४९१८
विज्ञापनको लागि +९७७-९८४१९९४९२४
कम्पनि दर्ता नम्बर:१२२४२९/७०/७१
प्रेस काउन्सिल दर्ता नं.: १३९४-०७३/०७४
सुचना बिभाग दर्ता नं.:२०३१/०७७-७८
वेबसाईट: goldenkhabar.com
हाम्रो टीम:
प्रकाशक : | गोल्डेन पब्लिकेशन |
प्रवन्ध निर्देशक : | .......... |
सम्पादक : | सुरेश ठाकुर |
सम्वाददाता : | बसन्त बहादुर भण्डारी |
ब्यबस्थापक : | .......... |
कानूनी सल्लाहकार : | अधिवक्ता मनिष कुमार श्रेष्ठ |
बजार ब्यबस्थापक : | ...... |
साईट मेनु
© Estd 2016 Golden Khabar. | All rights reserved.
Designed by: GOJI Solution
नोट: स्रोतहरू खुलाइएका बाहेक गोल्डेन खबरमा प्रकाशित सम्पूर्ण गोल्डेन खबरका सम्पत्ति हुन् ।