FLASH NEWS
  • Loading...

काँग्रेसद्वारा बन्दसूची बनाउन शुरु

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ८६ पटक पढिएको
काँग्रेसद्वारा बन्दसूची बनाउन शुरु

काठमाडौँ-  असोज  ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीकातर्फबाट समानुपातिक बन्दसूचीको नामावली तयार गर्ने गृहकार्य शुरु गरेको छ ।

पार्टीकातर्फबाट संसद्को निर्वाचनमा उम्मेदवार चयन गर्नका लागि आज संसदीय समिति गठन भएकै दिनदेखि बन्दसूची तयार गर्ने कार्य शुरु गरेको पार्टीका नेता एवं समिति सदस्य बालकृष्ण खाँडले जानकारी दिनुभयो । समितिको पहिलो बैठकले यही असोज २८ गतेसम्म बन्दसूची तयार गर्नेगरी काम शुरु गरेको उहाँले बताउनुभयो । जिल्लाबाट प्राप्त भएका नामावलीको सूची आजै पार्टी कार्यालयले समितिमा बुझाएको थियो । समितिले केन्द्रीय कार्यालयबाट प्राप्त सूचीमा आवश्यक छलफल गरी निश्चित मापदण्ड बनाएर नामावली तयार गर्ने नेता खाँडले बताउनुभयो । बैठक भोलि पनि बस्नेछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी संसदीय समिति गठन गर्नुभएको हो । पार्टीको विधानको दफा ३१ मा केन्द्रीय समितिले आफूमध्येबाट एक संसदीय समिति गठन गर्नसक्ने प्रावधान छ । विधानतः समितिमा सभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री पदेन सदस्य हुन्छन् भने केन्द्रीय समितिले बढीमा आठ जनासम्म सदस्य चयन गर्नसक्ने प्रावधान छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित