FLASH NEWS
- Loading...
निवर्तमान उपसभामुख एमालेमा प्रवेश
- गोल्डेन खबर
- ७ साल अघि
- ११४ पटक पढिएको

काठमाडौं असोज । निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् । राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन् ।उनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए ।
प्रतिक्रिया दिनुहोस