FLASH NEWS
  • Loading...

हास्यश्रृंखला भद्रगोलका कलाकारहरू कमेडी चलचित्रको निर्माणमा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ८४ पटक पढिएको
हास्यश्रृंखला भद्रगोलका कलाकारहरू कमेडी चलचित्रको निर्माणमा

काठमाडौं,१३ कार्तिक । चलचित्र नगरीमा यतिबेला कमेडी विषय बिकाउ भएको छ । छक्कापञ्जा–२ को कीर्तिमानी व्यवसायसँगै चलचित्र क्षेत्र पुन : एकपटक कमेडिमय भएको छ ।

अधिकांश निर्माता–निर्देशकहरू अहिले कमेडी चलचित्रकै तयारीमा जुटेका देखिन्छन् । यस क्रममा हास्यश्रृंखला भद्रगोलका कलाकारहरूसमेत कमेडी चलचित्रको निर्माणमा जुटेका छन् । कुमार कट्टेल जिग्री तथा अर्जुन घिमिरे पाँडेले हास्य प्रधान चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

 चलचित्रका मुख्य कलाकार तथा निर्माता अर्जुन घिमिरे पाँडेले चलचित्रको स्क्रिप्ट तयार भैसकेको बताएका छन् । ‘निर्देशकका रूपमा निश्चल बस्नेतलाई लिएका छौं, गैरीधारास्थित स्टेसन फाइभमा भेटिएका कुमार कट्टेलले बताए– ‘निर्देशकसँग बसेर चलचित्रको स्क्रिप्ट फाइनल गर्दैछौं, सकेसम्म छिट्टै छायांकनमा जानेछौं ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित