FLASH NEWS
  • Loading...

पहिलो चरणमा हुने ३२ जिल्लामा चुनाबी प्रचार अभियान तीब्र

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ७५ पटक पढिएको
पहिलो चरणमा हुने ३२ जिल्लामा चुनाबी प्रचार अभियान तीब्र

काठमाडौ,२७ कात्तिक । नेपाली काँग्रेसले पहिलो चरणमा हुने ३२ जिल्ला चुनाबी प्रचार अभियानलाई तीब्र बनाएको छ । मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनका लागि कांग्रेसले ३२ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरु चुनावी प्रचार प्रसारका लागि खटाएको छ ।

केन्द्रबाट खटिएका प्रतिनिधिले आज देखि आ—आफ्नो भागमा परेका जिल्लाको प्रचार प्रसारलाई तिब्रता दिने भएका छन । कांग्रेसले केन्द्रबाट खटाएका प्रतिनिधिहरुलाई वाम गठबन्धन विरुद्ध आक्रामक प्रचार गर्न र जनतालाई कांग्रेसको आगामी नितिबारे प्रस्ट पार्न निर्देशन पनि दिएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पार्टीका उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्दै अत्यधिक मतका साथ पार्टी र उम्मेद्वारलाई विजयी गराउन केन्द्रीय प्रतिनिधि खटाइएको जनाएको छ ।

केन्द्रीय प्रतिनिधि खटाउने क्रममा काँग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा बेनुपराज प्रसाईँ, खोटाङमा रमा पौडेल, नुवाकोटमा वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

त्यस्तै, काँग्रेसले धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुषाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभितबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा हिमलाल घिमिरे, लमजुङमा धनबहादुर मास्की राना, गोरखामा भेषराज दुवाडी, रूकुम (पूर्वी)मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम)मा गेहेन्द्र गिरीलाई खटाएको छ ।

यसैगरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालीकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर तथा बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाउने निर्णय गरेको मुख्य सचिव पौडेलले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित