FLASH NEWS
- Loading...
हँसिया प्रहार गरी श्रीमतीको ‘हत्या’
- गोल्डेन खबर
- ७ साल अघि
- ११८ पटक पढिएको

राजविराज, २८ कात्तिक । सप्तरीको बोदेवरसाइन नगरपालिकामा मंगलबार अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।
बोदेवरसाइन नगरपालिका–३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इन्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले बताए ।
मंगलबार बिहान श्रीमान्–श्रीमती दुवैजना घरदेखि पर धानखेतमा धान काट्न गएका बेला श्रीमान्ले श्रीमतीलाई हँसिया प्रहार गरेको बताइएको छ । अभियुक्त जयप्रकाशको मानसिक सन्तुलन कहिले–काहीँ ठीक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।
शवको टाउको र जीउ छुट्टिएको अवस्थामा प्रहरीले फेलापारेको स्थानीयवासीले बताएका छन् । अभियुक्त जयप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका दुई छोरा र एक छोरी छन् । रासस
प्रतिक्रिया दिनुहोस