FLASH NEWS
  • Loading...

अभिनेता रणवीर र अभिनेत्री कोनकोनाले गरे डिभोर्स

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ९१ पटक पढिएको
अभिनेता रणवीर र अभिनेत्री कोनकोनाले गरे डिभोर्स

बलिउड अभिनेता रणवीर सुरी र अभिनेत्री कोनकोना सेन शर्माले डिभोर्स गरेका छन्।

टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उनीहरूको औपचारिक रूपमा डिभोर्स भएको हो।

उनीहरू पहिलेदेखि अलग बस्दै आएका पनि स्रोतलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

उनीहरूको डिभोर्स एकदमै शान्त रूपमा भयो। उनीहरूले कुनै झैझगडा र तनाव देखाएनन्, स्रोतले भनेको छ।

अभिनेत्री कोनकोनाकी प्रतिनिधि अम्रुता साठे पाठकले पनि उनीहरूको डिभोर्स भएको र शान्तिपूर्ण तरिकाले भएको बताएकी छन्।

उनीहरू दुवै सुल्झेका मान्छे हुन्। दुवैले एकअर्कासँग सम्बन्ध टिकाउन प्रयास पनि गरे। परामर्शका लागि पनि गए, अम्रुताका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।

रणवीर र कोनकोनाको सन् २०१० मा बिहे भएको थियो। पाँच वर्षपछि सन् २०१५ मा उनीहरू छुट्टिएका थिए। तर उनीहरूले सन् २०२० फेब्रुअरीमा मात्र डिभोर्सका लागि आवेदन दिएका थिए।

उनीहरूका ८ वर्षका छोरा छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित