FLASH NEWS
  • Loading...

राजबहादुर सानेकाे लघु चलचित्र “छाेरीकाे तीज” सार्वजनिक

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ८३ पटक पढिएको
राजबहादुर सानेकाे लघु चलचित्र “छाेरीकाे तीज” सार्वजनिक

कथा लेखक तथा निर्देशक राजबहादुर सानेकाे लेखन तथा परिकल्पनामा लघु चलचित्र छाेरीकाे तीज सार्वजनिक भएकाे छ । नेपाली हिन्दु नारीहरुकाे महान चाड तीजमा विशेषत: चेली र माइतीकाे भेट गराउँछ ।

साथै तीजमा महिलाहरु आफ्नो श्रीमानकाे आयु लामाे हाेस भनेर पानी पनि नखाइ ब्रत बस्ने गर्दछन । यस्तै कथालाई यस लघु चलचित्रमा प्रस्तुत गरिएकाे छ । यस लघु चलचित्रलाइ युवा निर्देशक रमेश बन गाेसाइँले निर्देशन गरेका हुन ।

स्वर्गद्वारी फिल्मस प्रालिको प्रोस्ट प्रोडक्सन र रोम इन्टरटेमेन्टले निर्माण गरेकाे यस चलचित्रमा सारा नेपाली ,धनबहादुर राई , नेत्र बिष्ट ,बिमला गुरुङ ,दिनेश श्रेष्ठ ,राम श्रीपाली लगायतका कलाकारहरुकाे अभिनय रहेको छ । त्यसैगरी चलचित्रकाे छायांकनमा निर्देशक रमेश वनकै ,सम्पादनमा तारा थापा किम्भे र चेतन सागरकाे शब्द तथा संगीतमा राजबहादुर सानेकै र स्वर पुर्ण सम्याेग र मिनाक्षी जिएमकाे रहेकाे छ ।

करिब ४१ मिनेट लामाे यस लघु चलचित्रलाई राेम इन्टरटेनमेन्टकाे अफिसियल युट्युब च्यानलमा हेर्ने सकिने छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित