FLASH NEWS
  • Loading...

तिमिले त कि वार कि पार भन्यौ: कृष्ण बहादुर बुढा

तिमिले त कि वार कि पार भन्यौ: कृष्ण बहादुर बुढा

तिमिले त कि वार कि पार भन्यौ,
तिमी माया गर्दैनौ लगतार भन्यौ।

पाईला अनन्तको यात्रामा थियो,
मोडेर यात्रा मलाई छ हतार भन्यौ।।

तिम्रो हुन्छु धैर्य गर भन्दा भन्दै पनि,
तिम्रो हुनलाई के छ आधार भन्यौ।।

दिएकै थिए तन मन दिएकै थिए साथ,
पुगेन त्यति दिनै नसक्ने उपहार भन्यौ।।

हिर्कायौ दिलमा म बिछिप्त हुँदा पनि,
उल्टै हिर्काउने हातको उपचार भन्यौ।।

गजल: कृष्ण बहादुर बुढा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२०%३%१%१%